मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरकै दिन 'कोही मेरो' को प्रदर्शन

फिल्मीखबर, काठमाण्डौ, 2010/08/27

सामान्यतया बक्स अफिसमा फिल्म चलाउनु भन्दा एक दिन पहिला फिल्मको प्रिमियर गरिन्छ तर यो पटक भने आलोक नेम्वाङ्गद्धारा निर्देशित दोस्रो चलचित्र 'कोही मेरो' भने प्रदर्शनकै दिन त्यही माथि पनि बिहान प्रिमियर  गरिएको छ ।

चलेको चलन अनुसार शुक्रबार नयाँ फिल्म चल्ने हुदाँ अघिल्लो दिन बिहिबार साँझ   प्रिमियर गरिने गरिन्छ तर यो पटक भने आलोकले शुक्रबार बिहान  जय नेपालहलमा फिल्मको प्रिमियर कार्यक्रम राखे ।



मुभिज डटकमको ब्यानरमा दाजु भाई दोय राजेश र सुरज बंशलले निर्माण गरेको  सो चलचित्र  आजदेखि देशै भरिका अधिकाशं  हलहरूमा प्रदर्शन गरिने वितरक डिजिटल सिनेमा नेपालले जनाएको छ ।

साथी-साथीको प्रेमकथालाई आधार बनाएर निर्माण गरिएको संगीतिक फिल्म कोही मेरोमा शिर्षभूमिकामा नायक आर्यन सिग्देल, सुवास थापा, सञ्चिता लुइटेल  र झरना बज्रचार्य रहेका छन् ।