मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमै हात पर्‍र्यो सुवासलाई दुईवटा फिल्म

फिल्मीखबर , काठमाण्डौ, 2010/08/27

आर्यन सिग्देलसंगै नायकको भूमिकामा रहेका  सुवास थापाले शुक्रबार बिहान 'कोही मेरो' को प्रिमियर सकिए लगत्तै दुई वटा फिल्ममा खेल्ने अफर पाएका छन् ।

कालो बर्णका थापाको अभिनयले  निर्देशक दिपक खाँड  आकर्षित भएपछी प्रिमियर सकिए लगत्तै खाँडले केही सञ्चारकर्मीको सामू   आफ्नो अप कमिङ्ग  दुई वटा प्रोजेक्टमा थापालाई मुख्य भूमिकामा लिईने बाचा गरे ।



हाल 'द् क्रिष' को निर्माण कार्यमा जुटेका खाँडको प्रस्तावले सुवास समेत मुसु- मुस मुस्काएका थिए । हातमा अझै दुईवटा चलचित्रको स्क्रिप्ट बोकेर बसेका निर्देशक खाडले 'टार्जन' र  'यो कस्तो' माया' मा सुवासलाई  हिरोको रोल दिन लागेका हुन । 

आलोक नेम्वङ्गको पहिलो चलचित्र सानो संसारमा छोटो अभिनय गरेरे आफ्नो नयाँ उचाई बनाउदै आएका थापाले नयाँ चलचित्र पाएकोमा बधाई ।