
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'कोही मेरो' को निर्माता द्धोय दाजु भाईसंग धेरै कलाकार र पत्रकार झुक्किएका छन् ।
उमेरले एक बर्षमात्र फरक रहेको यि दाजुभाईलाई राम्रोसंग नचिन्दा धेरैले राजेशलाई सुरज (जितु ) भन्ने गर्दछन भने जितुलाई राजेश भनेर बोलाउने गर्दछन् । शुक्रबार चलचित्र कोही मेरोको प्रिमियर समारोमा उपस्थित भएका बंशल दाजुभाईसंग तराई टेलिभिजनका पत्रकार विजय अवाज लगायत अन्य सञ्चारगृहका पत्रकारसमेत झुक्किएका थिए ।
तस्बिरमा रातो सर्ट लाउने राजेश बंशल हुन भने अर्का सुरज हुन । सुरज हाल ३१ बर्षका भएका छन् भने राजेश ३२ पुगेका छन् । विराटनगर तीन टोलियाकाका यि दाजुभाईको काठमाण्डौमा म्यूजिक डट कम भन्ने कम्पनी पनि रहेको छ । सुरज काठमाण्डौ बसेको ३ बर्षभयो भने राजेशको एक दशक वितिसकेको छ ।