मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दमौलीमा 'कोही मेरो'

कृष्ण न्यौपाने, दमौली, 2010/08/27

चार युवा साथीहरुको जीवनमा एउटा यस्तो घटना घट्छ जसले उनीहरुलाई मात्र बदल्दैन उनीहरुको गहिरो सम्बन्धलाई पनि बदलिदिन्छ । सहरमा बसिरहेका युवाहरुको प्रेम त्याग र महत्वाकांक्षा लगायत कथावस्तु बोकेको नेपाली कथानक चलचित्र 'कोही मेरो' शुक्रबारदेखि देशभरका हल सहित दमौलीको मनकामना डिजिटल चलचित्र मन्दिरमा समेत प्रदर्शन भएको छ ।

 


सानो संसार चलचित्रबाट चर्चामा आएका निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको दोस्रो चलचित्र 'कोही मेरो' सांगितीक प्रेमकथा भएको दावी गरिएको छ । सुरज वंशलको निर्माण रहेको यस चलचित्र भदौ ४ गतेदेखि प्रदर्शन गर्ने भनिएतापनि पालो नपाएका कारण प्रदर्शन हुन सकेको थिएन । त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुईटेल, झरना बज्राचार्य, सुवास थापा, तृप्ती नाड्कार, दिनेश शर्मा, राधा लम्साल लगायतको अभिनय रहेको छ ।

 


सुरेश अधिकारी, वसन्त सापकोटा र सुरेश राईको संगीत रहेको यस चलचित्रको गीतमा सत्य-स्वरुपराज आचार्य, दीपक लिम्बु, अन्जु पन्त, शिव परियार र रजिना रिमालले स्वर भरेका छन् । चलचित्रको छायांकन काठमाडौं जोमसोम पोखरा र सौराहा लगायतका स्थानहरुमा गरिएको छ । चलचित्र 'कोही मेरो' प्रदर्शनसँगै दमौलीमा दुई चलचित्रको भिडन्त हुने निश्चित छ । बुधबारदेखि उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको 'फर्केर हेर्दा' र 'कोही मेरो' बीच भिडन्त हुने भएको हो ।