मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केयरलेस आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2010/08/28

सर्वाधिक चर्चामा रहन सफल नायक आर्यन सिग्देल आजकाल धेरै नै केयरलेस हुन थालेका छन् । बेलुकी अबरेसम्म बाहिर बस्ने आर्यनले आफ्नो शरिरको ख्याल नगर्दा उनको छातिमा समेत इन्फेक्सन भएको खुल्न आएको छ ।



इन्फेक्सन मात्र हैन, केयरलेस भएको कारण सुदर्शन थापाले  निर्देशन गरेको चलचित्र "मेरो लभ स्टोरी" को सुटिङ्गमा  उनले ४ वटा मोवाईल सेट पनि हराएका छन् । हराएका प्रत्येक सेटलाई ३० देखि ३५ हजारमा किनेको उनले बताए। यस्तै तीन दिन अघि मात्र उनले करिब १२ हजार पर्ने सोनी इरेक्सनको अर्को सेट हराएका छन् ।


अझ चौबिस घण्टा उनले प्रयोग गर्ने क्याप र चश्माको त कुरै छोडौ । फिल्मीखबरसंग कुरा गर्दै आर्यनले भने "क्याप र चश्मा त  कहाँ हराउँछु कहाँ कुनै ठेगान नै हुदैन ।" क्याप र चश्मा प्राय तीन-तीन दिनमा हराउने उनी बताउँछन् ।



एउटा फिल्म खेलेबापत पाँच लाख सम्म लिन थालेका आर्यनले यसरी कमाएको पैसा जति मोबाईल, क्याप र चश्मा हराएरै सक्न थालेका छन् । हुन त पैसा धेरै भएरै होला यिनले यसरी हेलचेक्राई गर्न थालेको  । हराउ आर्यन हराउ अरू कति हराउछौ ? छदैछ तिमिसंग पैसा.......