मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वाञ्चलमा सफलताका साथ 'नाइ नभन्नु ल'

गिरीराज भट्टराई, दमक, 2010/08/29

बिकास आचार्यको लेखन तथा निर्देशनमा रमेशजंग रायमाझीले निर्माण गरेको चलचित्र 'नाइ नभन्नु ल' पूर्वाञ्चलमा अत्यधिक सफलताका साथ प्रदर्शन  भईरहेको छ ।

 

चलचित्रका नायक जिवन लुईंटेल तथा नायिका ऋचा सिंह ठकुरीलाई लिएर आफ्नो चलचित्रको प्रचार प्रसारको लागि पूर्वाञ्चल आएका निर्देशक अचार्य बिराटगर जस्तो हिन्दी चलचित्र मात्र चल्ने ठाउँमा पनि चलचित्र ले अत्यधिक दर्शक बटुलेकोमा दंग परेका छन् । चलचित्रको सफलता देखेर दंगिएका आचार्य भन्छन्, 'बिराटनगर जस्तो  ठाउँमा नेपाली चलचित्र त्यति चल्दैनन् भनिन्थ्यो तर मेरो चलचित्रले त्यो मान्यतालाई तोडेर नयाँ रेकर्ड कायम गरेको छ ।'

 

बिराटनगर, धरान, बिर्तामोडका दर्शक संगै बसेर चलचित्र हेरी दमक आईपुगपछि नायिका ऋचाले आफ्नो पहिलो चलचित्रलाई नै दर्शकले यति धेरै माया दिएकोमा आफु निकै उत्साहित भएको फिल्मिखबरलाई बताईन् ।

 

पहिलो चलचित्र नशिब आफ्नोबाट नवनायकको अवार्ड पाएका र सन् २००२ का मिष्टर नेपाल भएका नायक जिवन लुईंटेलले चलचित्र बिसुद्ध नेपाली पनको र बेग्लै कथामा भएकोले नयाँ नयाँ रेकर्ड राख्ने दाबि गरे । युनिट एतिखेर आफ्नो चलचित्रको प्रोमोसनको लागि पूर्वाञ्चलको भ्रमणमा रहेको छ ।