जनकपुर अञ्चल मनहरा कट्टी गाविसका २८ बर्षे निर्देशक निरज राज पौडेल बलिउडमा करियर बनाउने तयारीमा जुटेका छन् ।
हाल बलिउडमा नयाँ पहिचान खोज्दै गरेका पौडेलले डकुमेन्ट्री समेत राम्रो निर्देशन गर्छन । "मृत्युलाई निमन्त्रणा" नाम दिएर बनाएको डकुमेन्ट्रबाट उनले अमेरिकामा आयोजित पाफ फिल्म फेष्टीवलमा बेष्ट कन्सेप्ट डिरेक्टर अवार्ड समेत जितेका थिए ।
डकुमेन्ट्री उत्कृष्ट भएकाकारणले निरजले हलिउड र बलिउडका विभिन्न प्रोडक्सन कम्पनीहरूमा काम गर्ने अफर पनि पाएका छन् । जस अनुरूप हलिउड र बलिउडसंग सम्बन्धीत ड्रिम प्रोडक्सन एण्ड मिडिया इन्टरटेनमेन्ट कम्पनीमा उनी आबद्ध समेत भएका छन् ।
बलिउडका टप लिस्टेड फिल्म मेकर भिपुल शाह तथा रमेश चन्द्र सिंघानियासंग मिलेर उनले तेस्रो लिङ्गीको बिषयमा आधारित भोजपुरी चलचित्र इट डजन्ट म्याटर निर्देशन गरेका छन् । यस्तै उनी अर्को सांगीतिक भोजपुरी चलचित्र "उमरिया बेस" मा आकाक्षा राय संग लिड रोलमा पनि देखापर्देछन् ।
गायक समेत रहेका निरज बलिउडमा ठूलो स्ट्याबलिस हुनुको अलवा नेपाली चलचित्र निर्माणमा पनि चाडै जुट्दैछन् । हाल सिंगापुरमा रहेका एक जना निर्माता बसु आचार्यको चलचित्र फुलको निर्देशन गर्ने तयारीमा जुटेका निर्देशक पौडेल हाल भने अमेरिकामा गायक यम बरालसंग लाईभ कर्न्सटमा व्यस्त छन् ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
बलिउडमा स्टार निर्देशक बन्न खोज्दै छन् निरज
फिल्मीखबर, काठमाण्डौ, 2010/08/29
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’
- ‘सारङ्गी’को सफलता : प्रकाशलाई हर्ष न विस्मात् !