
हतपती बिरामी नहुने नायिका रेखा थापालाई ज्वरो आएको छ । शनिबार सुन्दरीजलमा चलचित्र "खुशी" को सुटिङ्गमा पानीमा रूझेकी थापालाई रूघा खोकी मात्र हैन अन्तत् ज्वरो समेत आएको हो ।
शनिबार बेलुकी साढे ४ बजे सुटिङ्गबाट फर्किए लगत्तै उनी ३ घण्टा सुतेकी थिइन् तर अति व्यस्त भएकाकारण बेलुकी ८ बजे पुन उनी सुटिङमा गएकी थिइन् । विरामी हुदाँ-हुदै अबरे राति सम्म सुटिङमा गएका कारण उनले आईतबारको सुटिङसमेत विचैमा छाडेर घर फर्किएकी थिइन् । शरिर अति कमजोर भएको कारण आईतबार नैकापमा फाईटको सुटिङ चलिरहेको बेला बीचमै उनी सुटिङ छाडेर घर फर्किएकी थिइन् ।
रूखा खोकीले आक्रमण गरिरहेने रेखाको शरिर अन्य समयको रूघाखोकी भन्द केही फरक भएको छ । अस्पाताल भर्ना गर्नु पर्ने अवस्थामा भने नरहेकी थापाले तातो पानी र फेल्क्सन औषधी भने शनिबार साझ देखिनै खान थालेकी छिन् । सोमबार बिहान सम्म उनको स्वास्थय अबस्था ठीक भए एक महिनाको सुटिङ्गको लागि बेलुकी उनी पोखरा जादै छिन् । यदि स्वस्थ भईनन् भने उनकै कारणले सुटिङ्गको समय तालिका परिवर्तन हुने छ ।