मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिल र संचिताको बिवाह हल्ला मात्र

फिल्मीखबर, काठमाण्डौ , 2010/08/31

प्रेमलाई  बिवाहको नाम दिदै  छुट्टै संसार बनाउन मुम्बई हानिएका नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलको सम्बन्धको नयाँ रहस्य पत्ता लागेको छ ।

एक विश्वस्निय स्रोतले दिएको जानकारी अनुसार उनीहरूबीचको सम्बन्ध केबल प्रेमी र प्रेमिका बाहेक  अरू केही नभएको दाबी गरेको छ । हाल मुम्बईमा   एक फ्ल्याटमा बस्दै आएका उनीहरूबीचको सम्बन्धले सबै  सिमा नाघेपनि  संचिताको सिउँदोमा निखिलले सिन्दुर भने हाल्न बाकी रहेको बताइएको छ ।

कोपिला उप्रेतीसंग विद्रोह बिवाह गरी एक सन्तानका पिता समेत बनेका निखिले सोही बच्चाको कारण संचिताको सिउँदोमा सिन्दुर हाल्न नसकेको स्रोतले दाबी गरेको छ  । स्रोतले दिएको जानकारी अनुसार आगामी भदौ २२ वा २४ गते एउटा फिल्मको सुटिङ्गको लागि  निखिल नेपाल आउने करिब पक्का भईसकेको छ ।

यध्पी २४ वा  २५ गते निखिल नेपाल नआए  ३१ गते सो चलचित्रको सुटिङ्गको लागि उनी  दार्जिलङ्गमा उपस्थित हुने शतप्रतिशत निश्चित भईसकेको छ । 

परिवारको सहमति विना आकाश शाहसंग बिवाह बन्धनमा बाधिएकी  नायिका लुइटेलले केही समय पछी शाहसंग  छोडपत्र गरी नायक निखिलसंग प्रेमको कोपिला फुलाउदै मुर्म्बई हानिएकी थिइन् ।

यस्तै केही हप्ता अघि भाकल पुरा गर्न नेपाल आएकी एक संचिता  पर्ूण्ा रूपमा बिवाहित महिला जस्तै देखिएकी थिइन् ।