मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कछुवाको चालमा 'नाइ नभन्नु ल'

फिल्मीखबर, काठमाण्डौ, 2010/09/01

भाद्र ४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र नाइ नभन्नु ल को शुरूका दिनहरूमा भन्दा पनि पछिल्ला दिनहरूमा कमाई बढेको निर्देशक बिकाश आचार्यले दाबी गरेका छन् ।

 

चलचित्रको व्यापारलाई खरायो र कछुवा बीचको दौडसँग तुलना गर्दै आफ्नो चलचित्र कछुवाको  चालमा हिडिरहेको संकेत दिए । निर्देशक आचार्यले भने, खरायोले आफूलाई जतिसुकै बाठो छु भने पनि आखिरमा जिते कछुवाको नै हो ,  त्यसैले आज मेरो चलचित्र कछुवाको चालमा हिंड्दै छ र विजय हुँदैछ ।'

 

चलचित्र नाइ नभन्नु ल ले भाद्र ४ गते देखि आजको दिन सम्ममा ६५ लाखको व्यापार गरेको निर्देशक आचार्यले दाबी गरे । शुरूका दिनहरूमा खासै व्यापार गर्न नसकेको सो चलचित्रले पछिल्ला दिनहरूमा नसोचेको व्यापार गर्दै गईरहेको देखिएको छ । यो चलचित्रको आजको दिनभरीको व्यापार देशभरबाट जम्मा ६, ३२, ५१८ रूपैयाँको व्यापार गरेको बुझ्नमा आएको छ ।

 

चलचित्रले अहिलेसम्ममा उपत्यका बाहिरका हलहरू मध्ये सबैभन्दा बढी कमाई धरानको शिबटाँगी चलचित्र भवनमा र उपत्यकाको अष्टनारायण र गोपीकृष्ण हलमा भएको बुझिएको छ । चलचित्र नाइ नभन्नु ल अहिले उपत्यकाका अष्टनारायण, गोपीकृष्ण, गुण र बाराही हलमा प्रदर्शन भईरहेको छ भने उपत्यका बाहिर धरानको शिबटाँगी, दमकको पाथीभारा, बिराटनगरको हिमालय, बिर्तामोडको अन्नपूर्ण, नारायणगढको ईन्द्रदेव, पोखराको पूर्णिमा, बुटवलको मिलन, नेपालगञ्जको बागेश्वरी, सुर्खेतको लक्ष्मी, दाङको निमा , बार्‍हबिसेको नवबुद्ध  र बनेपाको शुभकामना  हलमा प्रदर्शन भईरहेको छ ।

 

 

आजको दिनभरमा देशका प्रमुख चलचित्र भवनमा चलचित्र नाइ नभन्नु ल को आम्दानी निम्नानुसार छ -