मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेताहरू माझ 'दासढुङ्गा' को प्रिमियर

फिल्मीखबर, काठमाण्डौ,, 2010/09/02

एमाले, माओवादी र राप्रपाका नेताहरू, चलचित्रकर्मी र पत्रकारहरू माझ प्रतिक्षारता चलचित्र 'दासढुङ्गा' को  बिहिबार प्रिमियर गरियो ।


कमलपोखरी स्थित कुमारीहलमा गरिएको प्रिमियर समारोहमा एमाले अध्यक्ष झलनाथ खनाल,एमाले नेता ईश्वर पोखरेल, युवराज ज्ञवाली ,

अमृत कुमार बोहरा एकीकृत माओवादीबाट नेता बाबुराम भट्टराई, हिसिला यामी, लिलामणी पोखरेल, राप्रपाका अध्यक्ष पशुपति शमशेर जबरा,  लगायतका बरिष्ठ नेताहरूको बीच दासढुङ्गाको प्रिमियर गरिएको हो  ।

 

एक हप्ताका लागि विशेष प्रदर्शनको पालो पाएको दासढुङ्गा सत्य घटनामा आधारित चलचित्र भएकाले यो चलचित्र हेर्न नेताहरूले समेत चाखमाने पछी प्रिमियरमा उनीहरू उपस्थित भएका हुन् ।

 


रहस्यमा रहेको एमाले नेता मदन भण्डारीको हत्याकाण्डमा अधारित सो चलचित्र हेर्नका लागि नेपाली चलचित्र क्षेत्रका व्यक्तिहरूको उपस्थिती निकै न्यून थियो भने सो समारोहमा नेपाली कांग्रेसका नेताहरूको उपस्थिती देखिएको थिएन ।



२०५० साल जेठ ३ गते  चितवनको दासढुङ्गामा भएको एक कहालिलाग्दो घटनाको बिषय  दुर्घटना वा षडयन्त्र के हुन सक्छ भन्ने कुरा यस चलचित्रमा देखाइन खोजिएको छ ।  अभावै अभावमा चलचित्र निर्माण गरिएको भनिएको सो चलचित्रमा तथ्यहरूको साँच्चिकै अभावमा खड्किएको देखिन्छ । राम्रो बिषयबस्तुलाई उठान गरेको भए पनि घटनाको सत्य तथ्य बिबरण अधुरो नै छ ।

 

अपिल फिल्मसको ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई मनोज पण्डितले निर्देशन गरेका हुन  । चलचित्रमा अनुप बराल, दयहाङ र्राई र संचिता लुइटेल मुख्य भुमिकामा रहेका छन् ।