मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्यापार डेढ करोड तर हात लाग्यो सुन्ना

फिल्मीखबर, काठमाण्डौ, 2010/09/02

पछिल्लो पटक दर्शकले सर्वाधिक मनपराएको चलचित्र 'फष्टलभ' ले डेढ करोड भन्दा बढीको ब्यापार गर्न सकेपनि निर्माताको हातमा भने एक रूपैया पनि पुग्न सकेको छैन ।
 


चलचित्रका निर्माता माधब वाग्लेले आफुले पाउनु पर्ने पैसा हलवालाहरूले दिन हिचकिच गरिरहेको बताए । गएको साउन २१ गते देखि देश भर प्रदर्शनमा आएको उक्त  चलचित्रले रेखा थापाको चौथो चलचत्रि 'हिफाजत'  पछी सबै भन्दा बढ्ता ब्यापार गर्न सफल भएको देखिएको छ ।
 


फिल्मीखबरसंग कुरा गर्दै वाग्लेले भने "पैसा  पाउदै नपाएको हैन  तर १ करोड ७० लाख सम्मको ब्यापर गरेको 'फष्टलभ' बाट लगभग १० लाख मात्र आफ्नो हातमा परेको छ त्यसलाई के लिएको भन्नु ? " 
 


प्रदर्शनमा आएको झण्डै एक महिना वितिसक्दा पनि २५ प्रतिशत पैसा समेत पाउन नसकेका वाग्लेले अष्टनारायणबाट ५ लाख, बारही बाट २ लाख लगायत अन्य केही हलहरूबाट केही पैसा लिएको बताए । यस्तै गुण सिनेमाबाट साढे ४ लाख लिन बिहिबार बोलाएको भन्दै वाग्लले अन्य हलहरूले भने पैसा दिन ढिला गरिरहेको बताए ।
 


डिजिटल सिनेमा नेपालको मातहतमा उपत्यका बाहिर समेत प्रदर्शन भई रहेको उक्त चलचित्रबाट एक रूपैया पनि आफ्नो हातमा नपरेको वाग्लेको भनाई थियो ।