मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा जादुगर

फिल्मीखबर, काठमाण्डौ, 2010/09/02

जादुगर महादेब त्रिपाठीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘जादुगर’ को शुक्रबारदेखि राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । बिशेष गरी बालबालिकाहरूलाई लक्षित गरेर निर्माण गरिएको सो चलचित्र बालमनोबिज्ञानमा आधारित छ ।

 

चलचित्र ‘जादुगर’ मा त्रिपाठीले स्वर्गिय गायक माईकल ज्याक्सनको सम्झनामा ज्याक्सनकै एक गीतमा आकर्षक नृत्य गरेका छन् । गायक ज्याक्सनको फ्यान भएकोले उनको सम्झनामा चलचित्रको शुरूमै उक्त नृत्य राखिएको कलाकार त्रिपाठीले जानकारी गराए ।

 

महादेब त्रिपाठीको मुख्य भुमिका रहेको चलचित्र ‘जादुगर’ मा ४० जना बालबालिकाको साथमा शेर बहादुर डिसी, रेशम फिरिरि, अञ्जु थापा, सुनिता लामा, शिब नगरकोटी, मधुश्री न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा बिनोद खम्बुको संगित, शंकर बिसीको नृत्य, रामनारायण चौधरीको छायाँकन, खेम बहादुर गुरूङको सम्पादन, योगेन्द्र श्रेष्ठको द्वन्द रहेको छ ।