मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कालिका एफएमले तीज गीत प्रतियोगिता गर्ने

फिल्मीखबर, चितवन, 2010/09/03

मध्य नेपालको चितवनमा रहेको रेडियो कालिका एफएमले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा यसवर्ष पनि वृहत तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 


श्रोताको चाहना र भावना अनुसार अगाडी बढ्दै आएको कालिका एफएमले यही भाद्र २६ गते शनिवार पर्न गएको हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता  आयोजना गर्न लागेको हो । सुचना, संचार र मनोरञ्जनको क्षेत्रमा सधैं अग्रस्थानमा रहन सफल कालिका एफएमले धर्म संस्कृती र परम्पराको संरक्षण गर्न यसरी नियमित रुपमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ ।

 


प्रतियोगिताले संस्कृतीको संरक्षणका साथै आमा, दिदी, वहिनीहरुलाई प्रतिष्पर्धामा अगाढी वढ्न सहयोग पुग्ने कालिका एफएमका अध्यक्ष एवं प्रवन्ध निर्देशक विक्रम पाण्डेद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा कालिका एफएमलाई माईतीको आँगनी सम्झेर सहभागी हुन समेत सवै दिदी वहिनीहरुमा आग्रह गरिएको छ ।

 


प्रतियोगितामा प्रथम हुने समुहलाई ३१ हजार १ सय १ रुपैयाँ सहित  प्रमाण पत्र वितरण गरिने एफएमले जनाएको छ । यस्तै दोस्रो हुनेलाई २१ हजार १ सय १ रुपैयाँ,  तेस्रो हुने महिला समुहलाई ११ हजार एक सय १ रुपैयाँ र सान्त्वना हुने समुहलाई ७ हजार  १ सय १ रुपैयाँ  पुरस्कार प्रदान गरिने छ ।

 


 त्यस्तै उत्कृष्ट गायन समुह,  नृत्य समुह,  भेषभुषा तथा उत्कृष्ट शव्दको निम्ति पनि आकर्षक पुरस्कार प्रदान गरिने एफएमले जनाएको छ । प्रतियोगिताको कालिका एफएम ९५.२ र ९१ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण गरिने छ । पुरस्कारको सौजन्य भने एकता गु्रप प्लटिङ्ग तथा हाउजिङ्ग प्रालि भरतपुरले गरेको छ ।  यस्तै कार्यक्रमको  प्रायोजकमा पार्क-र्व सुपरमार्केट केन्द्रिय बस-टर्मीनल भरतपुर रहेकॊ छ ।