मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अवार्ड जित्ने निर्देशकहरूलाई सम्मान

फिल्मीखबर , काठमाण्डौ, 2010/09/03

गएको १४ गते नेपाल चलचित्र बिकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार कार्याक्रममा उत्कृष्ट ठहरिएका ६ जना निर्देशकहरूलाई सम्मान गरिएको छ ।

शुक्रबार कमलपोखरी स्थित चलचित्र निर्देशक समाजको कार्यालयमा ती निर्देशकहरूलाई फुल गुच्छा सहित खादा ओडाएर सम्मान गरिएको थियो ।

 सम्मानित हुनेमा २०६३ को दुनिया र २०६५ को कहाँ भेटिएलाबाट  उत्कृष्ट निर्देशकको अवार्ड जित्ने निर्देशक शिव रेग्मी, २०६६ को  छोडी गए पाप लाग्लाबाट अवार्ड जितेका निर्देशक उज्जवल घिमिरे, 

 राष्ट्रिय जागरण पुरस्कार २०६६ मा उत्कृष्ट ठहरिएको दशगजाका निर्देशक दयाराम दाहाल, विशेष प्रयास अर्न्तगत अल्पविरामबाट उत्कृष्ट ठहरिएका निर्देशक नारायण पुरी शुक्रबारबाट बिशेष प्रदर्शनको पालो पाएको चलचित्र दासढुङ्गाका निर्देशक मनोज पण्डित र स्वयम निर्देशक समाजका अध्यक्ष केपी पाठकलाई निकै अघिका निर्माता तथा नायक कृष्ण मल्लले सम्मान गरेका हुन ।

यस्तै कार्याक्रममा २०६५ सालको चलचित्र सुन्दर मेरो नामबाट सहअभिनेताको अवार्ड जित्न सफल श्याम र्राईलाई पनि सम्मान गरिएको थियो ।

सम्मान पछी बोल्दै निर्देशकहरूले अवार्ड जितेपछी आफ्नै घर भित्र यसरी सम्मान हुन पाउँदा आफुहरूलाई निकै खुशी लागेको बताए ।