मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ग्रेटरनेपाल २ को स्क्रिप्ट चोरियो

फिल्मीखबर, काठमाण्डौ, 2010/09/04

चलचित्र दासढुङ्गा निर्माण गरेर एकाएक चर्चा कमाएका निर्देशक मनोज पण्डितको कोठाबाट २ वटा डकुमेन्ट्रीको स्क्रिप्ट चोरी भएको छ ।


 
बुद्धनगर स्थित उनको कोठाबाट गएको श्रावण १५ गते एक थान एप्पलको ल्यापटप, सस्तो मूल्यको एक थान मोवाईल,  ग्रेटर नेपाल पार्ट २ र बद्यशाला डकुमेन्ट्री को स्क्रिप्ट चोरिभएको निर्देशक पण्डितले फिल्मीखबरलाई जानकारी दिए ।



नेपालको सिमानाहरूको बिषयलाई ग्रेटर नेपाल  डकुमेन्ट्री मार्फत  प्रस्तुत गरेर निकै चर्चा कमाएका पण्डितको कोठामा राजनीतिक तवरले दुई पटक चोरी प्रयास भएको थियो ।



दोस्रोपटकको चोरी प्रयासमा महानगरीय प्रहरी प्रभाग तिनकुनेले एक व्यक्तिलाई पक्राउ  गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।  निकै विरामी भएर सुतिरहेको अवस्थामा साँझको समयमा उनको झयालबाट चोरहरूले सामान चोरेर लगेको पण्डितले बताए । बेलुकी लोडसेडिङ्गको समयमा आएका ती चोरहरूले झ्याल खुल्ला भएको मौका पारी सुनियोजित तवरले स्क्रिप्ट चोरेर लगेको पण्डितले बताए ।



ग्रेटरनेपाल बनाउदा भारती पक्षले सो डकुमेन्ट्री प्रदर्शनमा प्रतिबन्ध लागउन विभिन्न दवाब दिदै आएकाले पार्ट २ को सो स्क्रिप्ट चोरी हुनुमा नेपाल विरोधीहरूमाथि शंका व्यक्त गरेका छन् । बद्यशालको स्क्रिप्टमा धर्मको नाममा पशुहरूलाई कसरी बली दिइन्छ भन्ने बिषयलाई उठान गरिएको थियो भने ग्रेटर नेपाल २ मा नेपाल भारत सिमाना, बैदेशिक हस्तक्षेप लगायतका बिषय हरूलाई उठान गरि डकुमेन्ट्री मार्फत देखाउन खोजिएको पण्डितको भनाई थियो ।