मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसीको छोरी पनि निर्देशक बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2010/09/04

निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे  निर्देशक बन्ने तरखरमा जुटेकी छिन् ।



कलिङपोङबाट १२ कक्षाको पढाई सकेर हाल काठमाण्डौ विश्वविद्यालयमा फाइन आर्टस  पढ्दै गरेकी १९ बर्षीय  घिमिरेले अबको ४ बर्षभित्र आफुले फिल्म निर्देशन गर्ने बताएकी हुन् यसका लागि चाढैनै फिल्म मेकिङ कोर्सका लागि उनी मुम्बई जादै छिन् ।



 'सानै देखि यो फिल्डमा  इन्ट्रेष्ट भएको कारण आफुलाई निर्देशक हुने बिचार आएको'   भन्दै उनले 'बुबाले पनि आफुलाई  निर्देशक बन्ने प्रस्ताव गरेको'  बताइन ।

 

यस्तै उता भावनाका बुवा तथा निर्देशक तुलसी घिमिरेले अबको नयाँ जेनेरेशनले बनाएको चलचित्रमा ग्रामेटिकल मिस्टेक नहुने भन्दै छोरीलाई निर्देशक नै बनाउने आफ्नो लक्ष्य रहेको घिमिरेले बताए ।



"आफुले सिक्दा धेरै दुःखमा सिकेको भन्दै घिमिरेले छोरीलाई पनि आफ्नो  दुःखको एहसास गराउदै निर्देशक बनाउन लागेको बताएका छन्। भावनामा निकै राम्रो सोच र ड्रिम रहेको भन्दै घिमिरेले उनी आफ्नो  ड्रिममा ५० प्रतिशत मात्र सफल भईन भने नेपाली फिल्म इन्डस्ट्रीजमा  एउटा भरोसाको डाइरेक्टर बन्न सक्ने गुण उनीमा देखेको बताए ।