मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उज्जवलले फिर्ता गरेनन् १ लाख

फिल्मीखबर, काठमाण्डौ, 2010/09/04

डेढ बर्षअघि फिल्म निर्देशन गरिदिन्छु भन्दै निर्माता माधव वाग्लेसंग लिएको १ लाख रूपैया निर्देशक उज्जवल घिमिरेले अहिले सम्म फिर्ता गरेका छैनन् ।



डेढ बर्षअगाडी हिन्दी चलचित्र 'नागिन' को कथामा नेपाली चलचित्र बनाउन निर्देशक घिमिरेलाई माधबले आग्रह गरेपछी बैना स्वरूप घिमिरेले वाग्लेबाट एक लाख रूपैया लिएका थिए । तर विविध कारणबस त्यो चलचित्र निर्माणको एक प्रतिशत कार्य पनि अघि नबढेपछी हाल सम्म निर्देशक घिमिरेले वाग्लेलाई त्यो पैसा फिर्ता गर्ने छ्नक देखाएका छैनन् ।



 निर्माता छवि राज ओझा र निर्देशक श्याम भट्टराईको सामुन्ने वाग्लेले घिमिरेलाई विना एग्रिमेन्ट उक्त रकम दिएका थिए । यस्तै फिल्मीखबरले त्यस बिषयमा निर्देशक घिमिरेसंग बुझ्न खोज्दा पहिला उनी त्यो बिषयबाट टाढिन खोजेका थिए ।



दुई पक्षबीचको लेनदेनको बिषयमा फिल्मीखबरले हरेक छड्के प्रश्न घिमिरे लाई गरेपछी अन्तत् उनले  वाग्लेसंग आफुले पैसा लिएको स्वीकार समेत गरेका छन् । यस्तै घिमिरेले निर्देशन गर्ने भनेको चलचित्र अन्तत् नबन्ने भएपछी वाग्ललेले घिमिरेबाट हात झिक्दै फष्टलभ तर्फआफ्नो पाईला अगाडी बढाएका थिए ।



आशा गरौं नेपाली चलचित्र उद्योगलाई अगाडी बढाउने अभियानमा लागि परेका निर्देशक घिमिरेले वाग्लेको एक लाख रूपैया छिट्टै फिर्ता गरुन् ।