मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ करोडको चलचित्र 'गौतम बुद्ध'

फिल्मीखबर, काठमाण्डौ, 2010/09/05

 सायद यो समाचार पढ्दा तपाईहरूलाई अपत्यार लाग्न सक्छ तर स्वयम चलचित्रका निर्देशकले गरेको दाबी अनुसार ८ करोडको बजेटमा एउटा चलचित्रको निर्माण कार्य सम्पन्न हुन लागेको छ ।

भगवान गौतम बुद्धको जीवनीलाई आधार बनाएर  पूर्ण एनिमेशनमा निर्माण गरिएको चलचित्र 'गौतम बुद्ध' आगामी फेबु्रअरी महिनामा प्रदर्शनमा आउने तयारीमा समेत जुटेको छ ।

पात्र बिहिन तर पूर्ण एनिमेशनको सो चलचित्रलाई  निकै पूराना अनि सफल निर्देशकको कहलिएका तुलसी घिमिरेले  निर्देशन गरेका हुन ।

फिल्मीखबरसंग एक्सक्ल्यूसिभ कुरा गर्दै घिमिरेले  'यो  फिल्म हेर्ने मानिसहरू एक पटक सक्ड  हुने'  अडकल काटेका छन् ।

स्क्रिनप्ले र स्टडी आफ्नै रहेको बताउदै घिमिरेले 'यो चलचित्रले  वर्ल्डमा एक पटक तहल्का समेत मच्चाउने'  दाबी   गरेका छन् । भारत लगायत विभिन्न देशले गौतमबुद्धको जन्मको   बिषयमा आ-आफ्नै तर्क प्रस्तुत गरिरहेको बेला यो चलचित्रले गौतम बुद्ध  नेपालमै जन्मिएको हुन भन्ने पूर्ण पुष्टी समेत गरिदिने घिमिरेको दाबी छ ।


यस्तै घिमिरेले 'यस चलचित्र हेरिसकेपछी हामी  सवैले गौतम बुद्ध विलग्स टू नेपाल भन्दै गर्व समेत गर्ने'  बताएका छन् ।


सानो फिल्म इन्डस्ट्रीजमा हाल सम्म १ करोडको बजेटमा नेपाली चलचित्र बन्नु आफैमा ठूलो कुरा हो तर यसरी ८  गुणा बढ्ता बजेटमा निर्माण गरिएको भनिएको यो चलचित्र यत्तिका धेरै बजेटमा किन बनियो आफैमा प्रश्नको बिषय  बन्न सक्दछ ।

यस्तै निर्देशक घिमिरेले यो चलचित्रमा यतिका धेरै लगानी गर्न सुरूमा प्रोडुसरहरू डराएको समेत बताए । पछी यस चलचित्रको बारे बुझ्दै जादा उनीहरूले यत्तिको बजेटलाई स्वीकार गरेको उनको भनाइ थियो ।  यस्तै घिमिरेले प्रदर्शन भएलगत्तै गौतम बुद्धलाई १३ वटा भाषामा समेत निकालिने तयारी भईरहेको जानकारी  दिएका छन् ।

साथै घिमिरेले हाल सम्म नेपालका निर्देशकहरूले नलिएको रकम आफुले  लिएको खुलाशा पनि गरेका छन् । वीथ रेकर्ड घुमाउरो पारामा घिमिरेले 'एउटा चलचित्रको निर्देशन गरेबापत ५ लाख लिदै आएकोमा यस चलचित्रबाट ट्रीपल लिने करिब पक्का भईसकेको'  गोप्य कुरा खेलेका छन् ।