मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस यू को सामाग्री चोरी

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2010/09/05

मलेसियमामा नेपाली चलचित्र मिस यू को छायांकनका क्रममा प्रयोगमा ल्याईएका करिव चार लाख रुपैया वरावरको सामाग्री चोरी भएको छ ।

 

शनिवार दिउसो पौने १ वजेको समयमा मलेसियाका निकै रमणिय स्थान मर्टेका पार्कमा छायांकन भैरहेको अवस्थामा अज्ञात समूहले विभिन्न सामाग्री चोरी गरेको निर्माण युनिटले जानकारी दिएको छ । अज्ञात समुहले दुई वटा ल्यापटप, सोनी कम्पनीको मिनि भिडियो क्यामराको साथमा अन्य विभिन्न स-साना उपकरणका साथै छायांकनमा आएका एक सहकर्मीको पासपोर्ट समेत चोरी भएको बताइएको छ ।

 

ल्यापटप भित्र कम्पनीको हिसाव तथा छायांकनको केहि स्क्रिप्ट  र विभिन्न सामाग्री समेत रहेकाले  निकै तनाव भएको निर्देशक सुरश दर्पण पोख्रेलले जानकारी गराए ।