मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उज्जवल घिमिरे अर्को फिल्मको तयारीमा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/06

 चलचित्र छोडी गए पाप लाग्लाबाट २०६६को उत्कृष्ट निर्देशकको अवार्ड जितेका निर्देशक उज्जवल घिमिरे अब  आफ्नै ब्यानमारमा फिल्म बनाउने तयारीमा जुटेका छन् ।

छोरा आयुषको ब्यानरमा निर्माण  हुन लागेको नयाँ  चलचित्रमा उनी निर्माता र निर्देशक दुवै भएर परिचित समेत हुदै छन् । नायिका रेखा थापासंग मिलेर निर्माण हुन लागेको सो चलचित्रमा प्रस्तुती भने रेखाकै  राखिने उज्जवलले बताएका छन् । तर रेखा फिल्मस भने नहुने उनको भनाई थियो ।


यस्तै रेखा थापाको प्रस्तुती भएपछी चलचित्रको नायिकामा उनीनै पक्का भईसकेको उज्जवलले बताए । नायिका पक्का भएपनि नायक को राख्ने भन्नेमा अझै उनी अन्योलमा रहेका छन् । यध्यपी उनको नजरमा केही हद सम्म परेका नायक आर्यन सिग्देललाई  उनले लिन सक्ने सम्भावना बढेको देखिन्छ । हाल सम्म ६ वटा चलचित्र निर्देशन गरिसकेका निर्देशक घिमिरेलेले जिन्दगानी, विश्वास, किस्मत, छोडी गए पाप लाग्ला, जस्ता उत्कृष्ट चलचित्र निर्देशन गरिसकेका छन् ।

चाडैनै निर्माण गरिने भनिएको सो चलचित्रको शुभ मुहुर्त केही दिनमा हुने निर्देशक घिमिरेले फिल्मीखबरालाई जानकारी दिए । यध्यपी फिल्मको नाम भने खुलाईएको छैन ।