मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लण्डनमा वीरताको चिनो

राज नेपाल, लण्डन, 2010/09/06

५ सेप्टेम्बर २०१० को दिन लण्डनको फानब्रो स्थित वोक फम स्कुलमा  नेपाली चलचित्र वीरताको चिनो प्रिमियर शो प्रदर्शन भयो ।

 

वर्ल्ड वाइड मुभी मेकर्स प़ालिको प्रस्तुति दोस्रो चलचित्र वीरताकोको चिनोमा शंकर घिमिरेको निर्माण र निर्देशन रहेको छ । चलचित्रमा बिराज भट्ट,  सुमन सिंह ,ऋचा घिमिरे, धुर्ब दत्त ,कल्याण घिमिरे , रन्जना शर्मा , शोभिता सिंखडा, सुशील पोखरेल आदी कलाकारको अभिनय रहेको छ । 

 

वास्तवमा हामी सम्पूर्ण नेपालीहरु वीरको सन्तान, वीरताको चिनो हो भन्ने कुरालाई यो चलचित्र मा देखाउन खोजिएको छ ।  यस चलचित्रमा श्याम सुवेदी, श्याम कार्कीको  लगानी रहेको छ । सुरेश अधिकारीको संगीत रहेको वीरताको चिनोका गीतहरुलाई दर्शकले सर्वाधिक मन पराएइका थिए । 

 

चलचित्रको प्रिमियर शोमा  नायिका ऋचा घिमिरे  र साथमा उनका श्रीमान अर्थात् यस चलचित्रका निर्माता र निर्देशक शंकर घिमिरे उपस्थित थियो थिए ।  नायिका ऋचालाई नजिकबाट हेर्न पाउँदा दर्शकहरू निकै खुसी देखिन्थे। .