मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेड स्टूडियोमा अर्को प्रविधि

फिल्मीखबर, काठमाण्डौ, 2010/09/06

एक बर्षअघि रेड सिने फोर के क्यामेरा भित्राएर नेपाली चलचित्र उद्योगमा नयाँ पहिचान बनाएको रेड सिने वर्क फ्लो स्टूडियोमा सोमबारबाट नयाँ प्रविधि जडान गरिएको छ ।

महाराजगञ्ज स्थित उक्त रेड स्टूडियोमा सिङगापुरबाट करिब ४५ हजार डलरमा ल्याईएको स्क्रयाच सफटवेयर साथै  ११ लाख २० हजारमा भारतबाट ल्याइएको हार्डवेयर समेत जडान गरिएको  स्टूडियोका प्रमुख आकाश अधिकारीले जानकारी दिए  ।


नयाँ प्रविधिमा फिल्म सम्बन्धी सम्पूर्ण कार्य गर्ने हेतुले एक बर्षअघि  स्थापना भएको सो स्टूडियोमा अन्तराष्ट्रिय मापदण्डमा पर्ने फिल्म मेकिङका हरेक प्रविधि सोमबारबाट पूरा समेत भएको अधिकारीले बताए ।

"स्क्रयाच आफैमा उच्च प्रविधि भएकाले बलिउडका  केही स्टूडियोमा मात्र  यस्ता प्रविधि देख्न पाईने"  भन्दै आकाशले नेपालमा यो प्रविधि भित्रिनु आफैमा गर्वको बिषय रहेको बताएका छन् ।

चलचित्र निर्देशक समेत रहेका आकाश स्क्रयाच सफ्टवेयर लिन १७ दिन अघि सिङगापुर गएका थिए त्यसपछी  अन्य हाडवेयर किन्नका लागि  त्यहाबाट  सोझै दिल्ली हुदै आईतबार नेपाल फर्किका हुन ।उक्त प्रविधि जडानका लागि उनले भारतबाट २ जना प्राविधिक समेत ल्याएका छन् ।

उच्च प्रविधिमा चलचित्र निर्माणका लागि  क्यामेरा, इडिटिङ, भिएफ एक्स एनिमेशन, कलर करेक्सन, डबिङ, मिक्सिङ्ग, तथा फाईभ  पोइन्ट वान सराउण्ड साउण्ड सिस्टम, सवटाइटेलिङ्ग लगायतका सुविधा उपल्बध गराउदै आएको रेड स्टूडियोमा आगामी २ महिना भित्र रेड सिने ५ के म्यामेरा पनि उपल्बध हुने आकाशको भनाई छ।

सोही स्टूडियोमा आफ्नो पछिल्लो चलचित्र काठमाण्डौको सवै प्राविधिक काम सकेका आकाशले नेपाली चलचित्र उद्योगलाई माथि उठाउन आफ्नै प्रयासमा विभिन्न नयाँ प्रविधि नेपाल भित्राईरहेका छन् ।