मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको क्याप रहस्य

फिल्मीखबर, काठमाण्डौ, 2010/09/07

हरेक सार्वजनिक स्थानमा क्यापसंगै भेटिने नायक आर्यन सिग्देल र उनले प्रयोग गर्ने क्यापबीचको सम्बन्ध के होला ?


२४ घण्टामा झण्डै १८ घण्टा क्याप प्रयोग गर्ने नायक सिग्देल किन क्याप प्रयोग गर्छन त ? धेरैले रहस्यको रूपमा सो क्यापलाई हेर्दै आएपनि अन्तत: फिल्मीखबरले उनको क्याप रहस्य पत्ता लगाएको छ ।



रेखा थापाको चलचित्र किस्मतबाट डेब्यू गरेका नायक सिग्देलको सो चलचित्रमा कर्ली कपालमा देख्न सकिन्छ । तर उनको त्यो कपाल भने नक्कली हो ।  नुहाएपछि कपाल झर्ने समस्याबाट पिडित बनेका आर्यनको कपाल झर्ने समस्या यथावत रहेपछी उनले चलचित्रमा नक्कली कपाल प्रयोग गर्न थालेका हुन् । कपाल पातलिंदै गएपछि उनले प्राय चलचित्रमा नक्कली कपाल प्रयोग गरेका हुन् । तर सार्वजनिक कार्यक्रममा सहभागी हुँदा भने उनले नक्कली कपाल प्रयोग गर्दैनन् । पातलो कपाल छ भनेर सवैले थाहाँ पाउछन् भन्ने डरले उनले नक्कली कपालको प्रयोग गर्न थालेका हुन ।



कपाल झरेर ठूलो निधार भएपछी उनी टेनसनमा परे र त्यसपछी  नक्कली कपाल व्हिग्ग प्रयोग गर्न थालेका आर्यनले  सोही समय देखि व्हिग्गलाई र्झन नदिन क्याप प्रयोग गर्दा रहेछन् ।



यस्तै कपाल विना सार्वजनिक स्थानमा जान लाज लागेपछी त्रिपुरेश्वर स्थित  वर्ल्ड  ट्रेड सेन्टरको एक पसलबाट व्हिग्ग किन्ने गरेका आर्यनको  बास्तविक कपाल पनि कर्ली छ ।



हयाण्डसम नायकलाई कर्ली कपाल अनि ठूलो निधारमा देख्दा दर्शकले के महसुस गर्छन होला ? सायद त्यहि भएर आर्यनले नक्कली कपाल र क्यापलाई नछाडेका होलान ।  हैन त आर्यन जी ?