मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभित एक साथ दुई फिल्मको तयारीमा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/07

फिल्म निर्देशनमा मेसिनको उपाधी पाएका निर्देशक शोभित बस्नेत एक साथ दुई चलचित्र निर्देशनमा जुट्ने भएका छन् ।


यस अघि १८ वटा चलचित्र निर्देशन गरिसकेका निर्देशक बस्नेतले "युवराज"   र  "बरदान" चलचित्र एक साथ निर्देशन गर्न लागेको बताए । फिल्मीखबरसंग कुरा गर्दै बस्नेतले अबको केही दिन भित्रै युवराजको सुटिङ सुरू हुने र  ४५ दिनको अन्तरालमा त्यो फिल्मको सुटिङ सकिए लगत्तै अर्को चलचित्र बरदानको सुटिङ  गर्ने बताए ।



"पहिला दुईवटैको सुटिङ सक्छु अनि मात्र एक साथ दुवैको ल्याव कार्य गरेर मात्र आराम गर्छु"  निर्देशक बस्नेतलले भने । २०५२ सालमा राजकुमार निर्देशन गरेर फिल्मी यात्रा सुरू गरेका बस्नेतले अब बन्ने दुवै चलचित्रमा सलोन फिल्मसको भेट र आर्ट इन्टरनेशनलको   प्रस्तुती रहने जानकारी दिएका छन् । यध्पी ती दुवै चलचित्रका  निर्माता र निर्देशन भने उनी नै रहने छन् ।




चलचित्र युवराज  शहरको एउटा डिजे सम्बन्धी कथामा आधारित हुने छ भने बरदानमा पारिवारिक कथामा आधारित हुने बताईएको छ । यस्तै युवराजको नायकमा बिराज भट्ट पक्का भईसकेका छन् भने अन्य तीन नायिका कसलाई राख्ने भन्ने बारेमा शोभित अझै अन्यौलमा छन् ।