मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हृयाप्पी बर्थडे जीवन

फिल्मीखबर, काठमाण्डौ, 2010/09/10

२०३८ साल भदौ २५ गते बिराटनगरमा जन्मिएका हयाण्डसम   नायक जीवन लुइटेल आजबाट २९ बर्षका भएका छन् ।

मिस्टर हृयाण्डसम नेपालको उपाधी पाउदै तिर्खा नामक भिडियो फिल्मबाट डेब्यू रेका यि नायकले  आफ्नो जन्मदिन भने सामान्य रूपमा मनाएका छन् । साथीभाई तथा शुभचिन्तकको एसएमस र फोन मार्फत आफनो २९ औ जन्म दिन मनाएका जीवनलाई श्रीमती अञ्जलीले फोनमार्फत पहिलो शुभकामना दिएकी थिइन् ।

यस्तै जीवनको फेसबुक  वालमा उनका सयौ शुभचिन्तकहरूले  बिहिबार बेलुकी देखिनै जन्मदिनको शुभकाना दिएका छन् । यस्तै जीवनले अभिनय गरेको चलचित्र 'दीपशिखा' लाई लक्षित गर्दै नायिका  ऋचा घिमिरेले  'दीपशिखा' सुपर डुपर हिट होस ' भनेर शुभकामना दिएकी छिन् । यस्तै अर्का कलाकार आर पि पन्त, क्वेष्ट इन्टरटेनमेन्टका अध्यक्ष नकिम उद्दिन, विभिन्न पत्रकार लागतले उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

निकै सानो उमेरमा पहिलो पटक बर्थडे मनाएका जीवनले  पहिलो बर्थडे कतिबर्षको  हुदा मनाएको भन्ने बारे आफुलाई याद नभएको बताए । यस्तै फिल्मीखबरसंग कुरा गर्दै जीवनले "बर्थडेमा कुनै गिफ्ट नपाएपनि नेपाली दर्शकहरूले आफुलाई माया गरेर दीपशिखा  हेरिदिए त्यो नै आफ्नो लागि ठूलो गिफ्ट हुने"  प्रतिक्रिया दिएका छन् । दीपशिखा शुक्रबारबाटै   देश व्यापी प्रदर्शननमा आएको हो ।

ढिलै गरि उनको बर्थडे थाहाँ भएपनि फिल्मीखबरको तर्फबाट जीवनलाई हार्दिक शुभकामना ।

 

यदि  तपाई नायक जीवन लुइटेललाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना सन्देश छाड्न सक्नु हुन्छ ।