मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बहस डिजिटल फिल्मको

फिल्मीखबर, काठमाण्डौ, 2010/09/10

डिजिटल जमानासंगै  अन्तराष्ट्रिय चलचित्रबजारमा नेपाली उद्योगको भविष्यको सम्भावनालाई मध्यनजर गर्दै एक दिन कार्यशाला गोष्ठी समापन भएको छ ।

फिल्मसम्बन्धी पर्ढाई हुने संस्था ओस्कार इन्टरनेशनल कलेज अफ फिल्म स्टडिज र डिजिटल सिनेमा नेपालको संयूक्त आयोजनामा शुक्रबार डिजिटल प्रविधिका बिषयमा बहस भएको हो ।



 काठमाण्डौको त्रिपुरेश्वर स्थित एक होटलमा चलेको कार्यशाला गोष्ठीमा दुई  जना निर्देशक उज्जवल घिमिरे र प्रकाश सायमीले डिजिटल प्रविधि र नेपाली सिनेमाका बिषयमा छुट्टा-छुट्टै कार्यपत्र  प्रस्तुत गरेका थिए । घिमिरेले प्रस्तुत गरेका प्रतिवेदन  पाँच पृष्ठको थियो भने सायमीले पेश गरेको प्रतिवेदन तीन पृष्ठको थियो । गोष्ठीमा सहभागी अधिकाशंले डिजिटल प्रविधिलाई अगाल्नु आवश्यक भएको बिचार व्यक्त गरेका थिए भने केहीले नितिविना यो प्रविधिलाई पूर्ण रूपमा अगाली हाल्न नहुने बिचार ब्यक्त गरेका थिए ।

तीन घण्टा भन्दा बढी समय चलेको सो कार्याक्रममा पेश गरिएका दुई  वटा कार्यपत्र उपकुलपति समक्ष समेत बुझाईने भएको छ । ती दुवै कार्यपत्रलाई  निर्देशक नारयण पुरी  र नवीन सुब्बाले टिप्पडी गरेका थिए ।