मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर खान फर्किन रेजिना

फिल्मीखबर, काठमाण्डौ, 2010/09/10

 २५ दिनको आउट डोर सुटिङका लागि घादिङ गएकी नायिका रेजिना उप्रेती दर खाने दिन काठमाण्डौ फर्किएकी छिन् ।  आफ्नो ६८औ फिल्म "चम्चा चमेली" को सुटिङमा ब्यस्त रहेकी नायिका उप्रेतीले सो चलचित्रमा फरिया र चोलीमा पहिलो पटक द्धन्द्धको दृश्य दिएकी छिन् ।

पूर्ण गाउँले परिवेशमा दिदिबहिनीको कथालाई समेटेर निर्माण गरिएको सो चलचित्रमा रेजिनाले चम्पाको भूमिका अभिनय गरेकी छिन् ।  राजेश हमाल, शोभिता सिमखडा लगायतको अभिनय रहेको सो चलचित्रलाई राजुध्वज राणाले निर्देशन गरेका हुन ।

शुक्रबार साँझ अबेर काठमाण्डौ फर्किएकी नायिका उप्रेतीले आमाको हातले बनाएको  दर खान पाउँने भएपछी आफुलाई निकै खुशी लागेको बताइन ।