
हिन्दु महिलाहरू सबैलाई तीजको रमझम लागेको छ र त्यही रमझमसंगै नेपाली नायिकाहरूलाई केही हद सम्म तीजले छोएको छ । केही नायिका मूलुकबाहिर रहेकाले उनीहरूले तीज आफ्नै पाराले विदेशमा मनाउदैछन् ।
धार्मिक परम्परा अनुसार तीजको दिन पानी समेत नखाई ब्रत बस्ने चलन भएपनि नेपाली हिरोइनहरूले त्यो कठोर परम्परालाई नमान्ने भएका छन् । नायिका करिश्मा मानन्धरले वितेका बर्षझै पानी र फलफुल खाएर तीजको ब्रत बस्ने बताएकी छिन् भने अर्की नायिका रेखा थापालेपनि फलफुल लगायत जुसहरू खाएर ब्रत बस्ने बताएकी छिन् ।
हाल चलचित्र "खुशी" को सुटिङको लागि पोखरामा रहेकी नायिका थापाले फोनमा कुरा गर्दै भनिन "३ बर्षभयो तीजमा ब्रत बस्ने गरेको ।" छवि ओझासंग बिवाह भएको १० बर्षभएपनि साथीसंगीसवैले ब्रत बसेपछि आफुलाई पनि हेक्का भयो अनि ब्रत बस्ने गरेको रेखाको भनाई थियो ।
यस्तै अर्की बिवाहति नायिका अरूणिमा लम्साललेपनि पानी नखाई आफु ब्रत बस्न नसक्ने बताईन । बिवाह भएको ५ बर्षभएपनि पाँचवटै तीज आफुले खाएरै मनाएको भन्दै नायिका लम्सालले भनिन् "बिहान घरमै पुजाआजा गर्छु अनि मज्जाले खाएर तीज मनाउछु ।" यस्तै उनले लेखेको चलचित्र 'दीपशिखा' हिजो शुक्रबारबाट देश व्यापी प्रदर्शनमा आएकाले शनिबार बिहान एक राउण्ड काठमाण्डौका हल घुम्न जाने उनको कार्याक्रम रहेको छ ।
यस्तै अर्की नायिका रेजिना उप्रेती र स्वेता खड्काले अलि कठोर भएर तीज ब्रत बस्ने गरेको बताएका छन् । आफु बुझ्ने भएदेखिनै तीजको ब्रत बस्ने गरेको बताउदै रेजिनाले तीजमा पानी मात्र खाने बताएकी छिन् ।
यस्तै तीजको दीन नायिका स्वेता खड्का आफ्नो तेस्रो चलचित्र 'श्रीमान् श्रीमती' को सुटिङमा व्यस्त भएपनि पानी समेत नखाई ब्रत बस्न लागेको बताईन् । अध्यात्म प्रति त्यति बिश्वास नभएपनि जान्ने भएदेखि यो ब्रत बस्ने गरेको स्वेताको भनाई थियो ।
यस्तै ११ दिन अघि होम प्रोडक्सनको आफ्नो चलचित्र वीरताको चिनोको प्रोमाशनका लागि लण्डन गएकी नायिका ऋचा घिमिरेले पहिलो तीज बिदेशमा मनाएकी छिन् । गत बर्ष निर्देशक शंकर घिमिरेसंग बिवाह बन्धनमा बाधिएकी नायिका घिमिरेले के कसरी तीज मनाईन त्यो भने बुझ्न बाकी छ । यस्तै गएको मंगलबार केही दिनका लागि मुम्बई गएकी नायिका निरूता सिहँको तीज पनि उही हुने भएको छ ।