मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपेन्द्र फर्किए आफ्नै ट्रर्‍याकमा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/11

पहिलो फिल्म 'दि युग देखि युग सम्म'  मा  महानायक राजेश हमाललाई छुट्टै गेटअपमा उतारेर चर्चा कमाएका निर्देशक दिपेन्द्र के खनाल आफ्नै ट्रर्‍याकमा फर्किएका छन् ।

व्यावसायिक फिल्मलाई दोस्रो प्राथामिकतामा राख्ने यि निर्देशकले जसरी 'धर्मा' लाई व्याबसायिक चलचित्र बनाएका थिए अब तत्कालका लागि त्यस्तो चलचित्र नबनाउने निर्णय गरेका छन्  । धर्मा उनको दोस्रो र पहिलो व्यावसायिक चलचित्र हो, जुन आगामी कार्तिक महिनामा प्रदर्शनमा आउदै छ ।

यस्तै निर्देशक खनालले  आफ्नो तेस्रो चलचित्र 'काठमाण्डू नाईट'  को दर्ता प्रक्रिया समेत सकेका छन् । फिल्मीखबरसंग कुरा गर्दै खनालले भने "छिटोमा आगामी दसै र तिहारको बीचमा यो चलचित्रको सुटिङ सुरू  गर्छु ।"   काठमाण्डौको गहन समस्याको बिषयलाई उठान गरिएको भनिएको  चलचित्र 'काठमाण्डू नाईट' मा दुई  नायक  र एउटा नायिकालाई मुख्य भूमिकामा देखाईने उनले बताए । दुई  नायक मध्ये एक नायकमा आर्यन सिग्देल करिब पक्का भएपनि अरू कालकारको टुङ्गो भने   केही दिनमा लाग्ने दिपेन्द्रको भनाई थियो ।

पहिला नेपाली चलचित्र उद्योगलाई माथि उठाउने  अनि मात्र ब्यवसायिक चलचित्र बनाउने प्रण गरेका निर्देशक खनालले 'काठमाण्डू  नाईट' बाट  आफ्नो परिचयलाई समेत फराकिलो पार्दै निर्मातामा भएर  चिनिदैछन् ।