मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशी प्रेमी नेपाली ब्रत

फिल्मीखबर, काठमाण्डौ, 2010/09/11

हिन्दु महिलाहरूको महान पर्व तीज सबै नारीहरूलाई लागेको छ । कसैले पानि पनि नपिई यो ब्रत बसे भने कसैले सवै कुरा खाएर यो पर्व मनाए । तर नेपाली चलचित्र उद्योगकी एक सहनायिका ममता प्रधानले अचम्मले यो बर्ष तीज ब्रत बसिन् ।



एक बर्ष अगाडी सिङगापुरको एक फेसन शोमा भेटिएका अष्ट्रेलियन नागरिकसंग उनको प्रेम परेको रहेको छ,  त्यो पनि गहिरो । घुमाउरो संकेत सहित उनले यो पालिको ब्रत उसकै लागि बसेको संकेत समेत दिईन् ।

 

हाल सम्म १० वटा चलचित्रमा सहनायिका भएर अभिनय गरिसकेकी ममताले यो पालि थुक समेत ननिली तीज ब्रत बसेकी रहिछिन् । ब्रत बसेको अवस्थामा शनिबार अपारन्ह  फिल्मीखबरसंको भेटमा उनले भनिन "झुक्किएर थुक निल्छुकी भन्ने डर आफुलाई भइरहेको छ ।" 

 


४ बर्ष अघि एक सञ्चारमाध्यममा आबद्ध नेपाली पुरूषसंग उनको गहिरो प्रेम भएपनि उसले आफुलाई  बुझ्न नसक्दा आफ्नो ४ बर्षे प्रेममा काँडा पलाएको उनले बताईन् । संयोग पनि कस्तो एक बर्ष बित्न नपाउँदै तीजकै दिन उनको पहिलो प्रेम ब्रेक अप भएछ । बितेको जीवनलाई फर्केर हेर्दै उनले भनिन्, 'म उसलाई अझै पनि माया गर्छु तर अव उसको भने हुन सक्दिन किनकी अब मैले अरू कसैलाई रोजी सकेकी छु ।'



आयत निर्यातको ब्यापारी समेत रहेकी नायिका प्रधान आफ्नो अष्ट्रेलियन प्रेमि पनि ब्यापारी भएकाले दुई बीचको जोडी पनि मिलेको उनको कथन थियो ।  तर उसंग  मेरो बिवाह हुदैन भन्ने कुराले आफुलाई तनाव भईरहेको उनले बताईन् ।



प्रेम गर्न हुने अनि बिवाह गर्न चाहि किन नुहने भन्ने प्रश्नमा उनले परिवार तर्फ औलाउदै भनिन् 'मेरा भाई र बहिनीले पनि इन्टरकाष्ट बिवाह गरे त्यसैले घरको इज्जतका लागि परिवारले हाम्रो बिवाह स्वीकार गर्न नसक्ने अवस्था छ'  उनले उत्तर दिईन् । परिवारको अनुमती पाए आफूले त्यही अष्ट्रेलियन नागरिकसँग बिहे गर्ने नायिका प्रधानले बताईन् ।
 



पहिलो पटक 'राज्य' चलचित्रमा थोरै अनुहार देखाउन पाएकी ममता हिजो शुक्रबारदेखी देशब्यापी प्रदर्शनमा आएको चलचित्र 'दीपशिखा' मा नायिका अरूणिमा लम्सालसंगै मुख्य भूमिमा देखिएकी छिन् ।  नेपालमा जन्मिएपनि लामो समयको भारत बर्साई पछि सन् २००६ मा हुने मिस नेपाल प्रतियोगितमा भाग लिन नेपाल आएकी प्रधान सोही क्रममा चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन ।