मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्टनारायणमा 'दीपशिखा' को रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2010/09/11

काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण पिक्चर्स  प्रालिमा चलचित्र  'दीपशिखा' ले अहिले सम्मकै रेकर्ड कायम गरेको छ ।

 

स्थापना भएको दश बर्षको अवधिमा यो चलचित्र जस्तो अरू कुनै ले ब्यापार गर्न नसकको हल सञ्चालक त्रिरत्न मानन्धरले फिल्मीखबरलाई जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रदर्शनको पहिलो दिन शुक्रबार 'दीपशिखा' ले  ७५ हजारको ब्यापार गरेको थियो तर शनिबार 'दीपशिखा' ले २ लाख ३३ हजार ६ सय ३९ रूपैया ८८ पैसा कलेक्सन गरेर रेकर्ड ब्रेक गरेको हो ।

 


अष्टनारायणकै  इतिहासमै एकै दिन यति धेरै कलेक्सन भएकोमा  मानन्धर आफु  समेत अचम्ममा परेका छन् । यस अघि रेखा थापाको चलचित्र हिफाजफतले अष्टनारायणमा सबैभन्दा बढी  कलेक्सनको रेकर्ड राखेको थियो  तर शनिबार त्यो  रेकर्डलाई दीपशिखाले ब्रेक गरिदिएको मानन्धरले बताए ।

 

चलचित्र प्रदर्शनको पहिलो शनिबारका ३ शो प्राय हाउसफुल हुने बताउदै मानन्धरले भने, 'हाम्रो हलमा अहिलेसम्म कुनै पनि चलचित्रको नाइट शो मा यति धेरै दर्शक आएका थिएनन् ।यो रेकर्ड दिपशिखाले राखेको छ ।'
 



देशभर एकसाथ प्रदर्शनमा आएको सो चलचित्र राजधानीका कुमारी, गोपीकृष्ण, गुण र बाराही हलमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ । साथै उपत्यका बाहिरका हलहरूमा पनि यो चलचित्र हाउसफुल भएको फिल्मीखबरलाई जानकारी प्राप्त भएको छ ।