मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्टनारायणबाट उखेलियो डिसिएनको सर्भर

फिल्मीखबर, काठमाण्डौ, 2010/09/12

डिजिटिल प्रविधि मार्फत देश भरिका सिनेमा घरमा  आफ्नो सञ्जाल फैलाईरहेको डिजिटल सिनेमा नेपालको सर्भर अष्टनारायण पिक्चर्स    प्रालिले  फिर्ता गरिदिएको छ ।



आलोक नेम्वाङ्गले निर्देशन गरेको चलचित्र 'कोही मेरो' को प्रदर्शन  मिति अर्थात गएको भदौ ११ गते बिहान तीन वटा र्सभर सहित त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू फिर्ता गरिएको हो । चलचित्र कोही मेरोको कारण डिसिएन र अष्टनारायण सिनेमा घर बीच विवाद उत्पन्न भएपछि हल सञ्चालक त्रिरत्न मानन्धरले डिसिएनको सो प्रविधिलाई फिर्ता गरिदिएका हुन । 



काठमाण्डौको बालाजुमा रहेको सो सिनेमा घरका  तीन वटा हलमा ६ महिना अघि डिसिएनको सर्भर जोडिएको थियो । भदौ ४ गते प्रदर्शन  भएको 'नाई न भन्नु ल' चलिरहेको अवस्थामा ९ सय ९३ सिट भएको ठूलो हल ए वान मा डिसिएनले कोही मेरो चलाउन दबाव दिएपछी  दुई पक्षबीच उत्पन्न विवादका कारण सो  सर्भर फिर्ता भएको हो ।



हाल देश भरिका झण्डै ७० वटा सिनेमाघरमा आफ्नो र्सभर जोडेको डिसिएनले हल सञ्चालकहरूलाई दमन नीति समेत लिएको मानन्धरले फिल्मीखबरसमक्ष बताए । दुई  दिन अघि एक औपचारिक कार्याक्रममा डिसिएन महा प्रबन्धक अशोक शर्माले  अष्टनारायणसंगको सो विवाद कुनै ठूलो नभएको प्रतिक्रिया दिएका थिए ।