मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदिपको हृयाट्रीक

फिल्मीखबर, काठमाण्डौ, 2010/09/12

कुनै एउटा बिषयमा जुन काम तीन पटक सम्म गरिन्छ त्यसलाई हृयाट्रीक  भन्ने चलन छ  । चाहे त्यो फुटबल मैदान होस वा चाहे अरू कुनै मैदान ।



तर नेपाली चलचित्र उद्योगको मैदानमा एक जना निर्माता प्रदिप उदयले हृयाट्रीक  पुरा गरेका छन् ।नको हृयाट्रीक  तीन वटा चलचित्र बनाएर हैन, बरू तीन  जना नयाँ  निर्देशकलाई आफ्ना चलचित्र निर्देशन गर्ने मौका दिएर उनले सो हृयाट्रीक  पूरा गरेका हुन ।



२०४५ सालमा चलचित्र आफ्नो पहिलो चलचित्र 'चेलिबेटी'  निर्माण गर्दा उनले यादब खरेललाई सो चलचित्र निर्देशन गर्ने जिम्मा दिएका थिए, निर्देशक खरेलको त्यो नै पहिलो ब्रेक थियो । त्यस्तै निर्माता उदयले  उनको अर्को चलचित्र 'कहीँ मिलन कहि बिछोड' मा अर्का निर्देशक ऋषि लामिछानेलाई ब्रेक दिएका थिए र आईतबार  पाँचौ चलचित्र 'मालती को भट्टी'  का लागि गणेश देव पाण्डेलाई उनले निर्देशन गर्ने मौका दिएका छन् ।



यस अघि प्रदिपले अल्पविराम र पहिलो पहिलो माया  निर्माण गरिसकेका थिए । ती चलचित्रमा भने यिनले नयाँ निर्देशकलाई ब्रेक दिएका थिएनन् ।



सोमबारबाट सुटिङ सुरू हुन लागेको चलचित्र 'मालती को भट्टी' को बारे जानकारी दिन आईतबार आयोजना गरिएको एक प्रेसमिटमा उदयले निर्देशकहरूलाई ब्रेक दिने निर्माता आफु भएको गर्वको साथ भनिरहेका थिए । चलचित्रमा जीवन लुइटेल, आयुब केसी, रेखा थापा , नन्दिता केसी, सुनिल थापा र लक्ष्मी गिरीको  प्रमुख भूमिका रहने बताइएको छ । मालतीको भूमिकामा नायिका रेखा रहने छिन् भने नन्दिता सावित्रिको भूमिकामा देखिदैछिन् । चलचित्रको छायाँकन सोमबारबाट गरिन लागिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो ।
 



काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेन्मेटको प्रस्तुती रहने सो चलचित्रमा कालिप्रसाद बास्कोटाले  पनि यसै चलचित्रबाट संगीतकारका रुपमा डेब्यु गर्दैछन् । चलचित्रमा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, रेनेसा राईको नृत्य रहने छ भने चलचित्रका निर्मातामा नारायण कुमार पाण्डे, गंगा पौडेल र गोपाल पाण्डे रहने छन् ।
 

 

यस्तै यहीँ चलचित्रसंगै अर्को चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को पनि निर्माण थालनी शुरू गरिएको निर्माता उदयले जानकारी दिए । ऋषि लामिछानेले निर्देशन गर्ने भनिएको सो चलचित्रको अहिले गीत रेकर्डिङको कार्य भईरहेको छ । सो चलचित्रको छायाँकन भने मंसीरको पहिलो साताबाट शुरू गरिने भएको छ ।