मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा अनुप सम्मानित

फिल्मीखबर, अमेरिका, 2010/09/12

डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का विजयी अनुप पौडेल अमेरिकामा  सम्मानित भएका छन् । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको हातबाट सेप्टेम्बर १० तारिखका दिन स्टेट डिपार्टमेन्ट अमेरिकामा  उनी सम्मानित भएका हुन् ।

 

डेमोक्रेसी भिडियो च्यालेन्जमा पौडेलले ‘डेमोक्रेसी इज ब्ल्याक’ शीर्षकमा भिडियो बनाएका थिए । प्रतियोगितामा समावेश भएका १८ वटा भिडियोहरु मध्ये अनुप पौडेलको भिडियो सर्वोत्कृष्ट ठहरिएको थियो । अनुपले नेपालबाट दक्षिण एसियाको प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा अनुपको साथमा डेमोक्रेसी भिडियो च्यालेन्जका पाँच उत्कृष्ट व्यक्तिहरू पनि सम्मानित भएका थिए ।
 

 

सम्मान कार्यक्रममा मन्त्री क्लिन्टनले आजका युवाहरूले नयाँ नयाँ प्रबिधिको बिकाश र प्रयोग गर्दै संसारलाई नयाँ स्वरूपमा ढाल्दै लगेको बताउँदै सम्मानित भएका युवाहरूले हजारौं युवाहरूको प्रतिनिधित्व गरेको बताईन् ।
 

 

प्रतियोगीतामा विजयी पौडेलको अमेरीकी शहर लसएन्जल, न्युयोर्क तथा वासिङ्गटन भ्रमणको सम्पुर्ण खर्च अमेरीकी सरकारले व्यहोरेको थियो ।