मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लोकेश फर्कने सम्भावना न्यून

फिल्मीखबर, काठमाण्डौ, 2010/09/13

झण्डै एक दशकसम्म निरन्तर चलचित्र क्षेत्रमा हेयर डिजाईनर भएर काम गर्दै आएका डिजाईनर लोकेश थापा चलचित्र क्षेत्रबाट  बाहिरिने तयारी गरिरहेका छन् ।



एक बर्षयता कुनै पनि चलचित्रमा काम नगरेका थापा हाल लिभिङ, फ्राईडे जस्ता  म्याग्जीनमा अनुबन्धीत भएपछि उनी चलचित्र क्षेत्रमा फर्कने सम्भावना न्यून भएको हो । फिल्मीखबरसंग कुरा गर्दै थापाले यहिँ क्षेत्रले आफुलाई परिचित गराएको भएपनि अब भने चलचित्रमा काम गर्ने मनस्थिती खासै नभएको बताए ।



२०५६ सालमा चलचित्र 'त त साह्रै बिग्रिस नि बद्री'  बाट आफ्नो काम सुरू गरेका डिजाईर थापा बिजय केरूङको चलचित्र 'बन्दी' मा  आईपुग्दा दशक लामो पेशालाई पूर्णविराम लगाउने तयारी गरेका हुन ।



होचा कदका ३३ बर्षे थापाले करिश्मा मानन्धर, राजेश हमाल, विपना थापा र रेखा थापाले आफ्नो कामलाई धेरै मनपराउने गरेको बताए । मेकअप म्यान समेत रहेका लोकेश नायिका रेखा थापाको सबै भन्दा प्रिय पात्र पनि हुन । उनीहरू गएको दश बर्ष यता दाजु बहिनीको नाताले चिनिदै आएका छन् ।



काठमाण्डौको  पूरानो बानेश्वरमा न्यू एन्जल ब्यूटि पार्लरसमेत खोलेका लोकेश ७० वटा भन्दा बढी चलचित्रमा हेयर डिजाईनर भएर काम गरिसकेका छन् ।