मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सलमान खानको फिल्मलाई पछार्यो 'पलपलमा' ले

फिल्मीखबर, काठमाण्डौ, 2010/09/13

पुरूष यौनकर्मीको कथालाई समावेश गरेर निर्माण गरिएको चलचित्र पलपलमाले सलमान खानको हिन्दी चलचित्र ‘दबंग' लाई आउट गरिदिएको छ ।



काठमाण्डौको कालोपुलमा रहेको हिरारत्न चलचित्र मन्दिरमा गएको शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘दबंग'  पलपलमाको कारण आज सोमबार बाट बाहिरिएको हो । चौतर्फी राम्रो ब्यापर गर्न सफल सलमान खानको ‘दबंग’  भन्दा पलपलमा चलाउन दर्शकले डिमाण्ड गरेपछी आजबाट त्यहाँ पलपलमा देखाइन लागिएको हो ।


काठमाण्डौका १७ वटा सिनेमा घरमा प्रदर्शन भईरहेको सो चलचित्रले ३ दिनमा २९ लाख कलेक्सन गरेको जानकारी प्राप्त भएको छ ।



हिन्दी चलचित्रलाई धेरै ग्रहयता दिने सो हलमा यसरी नेपाली चलचित्रले ठूला  प्रोजेक्टका चलचित्रलाई आउट गरिदिनु  साच्चिनै प्रसंशा  गर्न योग्य छ ।


१६ बर्षमुनिका दर्शकलाई हेर्न प्रतिबन्ध लगाइएको सो चलचित्रलाई उकेश दाहालको निर्देशन गरेका हुन । चलचित्रमा रमित ढुङ्गाना र सुजाता सिटौलाले दिएको बेड सिन सवै भन्दा चर्चाको बिषय बनेको छ ।