मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीकृष्णको गेटअप चेन्ज

फिल्मीखबर, काठमाण्डौ, 2010/09/15

चलचित्रको नायक भईसकेपछी गेटअप चेन्ज गर्नु कुनै नौलो कुरा होइन् । तर नायक श्रीकृष्ण श्रेष्ठले जीवनमा पहिलो पटक आफ्नो गेटअप चेन्ज गरेका छन् ।



 पछिल्लो पटक कपाल पालेर भईरहेको टुप्पी समेत लुकाउदै हिड्ने नायक श्रेष्ठको त्यो टुप्पी फेरी देख्न पाईने भएको छ । दुई दिन अघि उनले निलडेबिड सैलुनमा गएर आफ्नो कपाललाई कोरियन शैलीमा काटेका छन् भने लामो समय देखि लगाउदै आएको पाँच तोलाको  लकेट सहितको सिक्रि पनि लगाउन छाडेका छन् उनले ।



नयाँ गेटअप संगै हाल  विना लकेटको ६ तोलाको मोटो सिक्रि प्रयोग गर्न थालेका श्रीकृष्णले हातमा पनि ४ तोलाको सिक्रि लगाउन थालेका छन् । हातको ब्रास्लेट तर्फ औलाउदै उनले भने 'भर्खर भयो यो किनेको, गेट अप अनुसार मिलाउनु पर्‍र्यो नि ।' 


आखिर किन गेट अप चेन्ज गरेछन त श्रीकृष्णले ? उत्तर दिए श्रीमान् श्रीमतीको सुटिङ्गको लागि । ऋषि लामिछानेले निर्देशन गर्दै गरेको चलचित्र 'श्रीमान श्रीमती' मा दोहोरो भूमिकामा अभिनय गरिरहेका श्रीकृष्णले चलचित्रको कथाले मागेपछी आफ्नो बास्तविक गेटअपमा समेत परिवर्तन आएको बताए ।