मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कञ्जुस रहेछन् छबि

फिल्मीखबर, काठमाण्डौ, 2010/09/15

अहिलेका अधिकाशं चर्चित कलाकारहरूलाई आफ्नो फिल्ममा पहिलो ब्रेक दिएका निर्माता छबिराज ओझाको एउटा बानी गजबको रहेछ ।

२० बर्षअगाडी आफ्नो पहिलो चलचित्र 'युग देखि युग सम्म' मा महानायक राजेश हमाललाई पहिलो फिल्म खेल्ने मौका दिएका ओझाले अहिले सम्म जति कलाकार र प्राविधिकलाई ब्रेक दिए उनीहरू कसैलाई एक पैसा दिएका रहेनछन् ।

नयाँ अनुहारलाई ब्रेक दिनुनै आफ्नो ठूलो धर्म भएको भन्दै छबिले 'केही पकेट मनि बाहेक अरू पैसा ब्रेक पाउने कलाकारलाई आफुले अहिले सम्म नदिएको र भविष्यमा पनि नदिने'  बताए । आफ्नै श्रीमती समेत रहेकी नायिका रेखा थापालाई उनले चलचित्र 'हिरो'  खेल्दा एक रूपैया दिएका थिए भने चलचित्र 'किस्मत' बाट डेब्यू गरेका नायक आर्यन सिग्देललाई पकेट मनि भन्दै ६ हजार रूपैया दिएका थिए ।  यस्तै चलचित्र 'हिरो' बाट नायक बनेका नबीन श्रेष्ठ र नायिका  पुजाना प्रधानलाई पनि पहिलो ब्रेकमा पैसा नदिएको छविको भनाई थियो ।


 यस्तै अहिलेका जल्दा बल्दा यि नायक नायिका मात्र हैन चलचित्र 'नाता' बाट डेब्यू गरेका नायक श्रीकृष्ण श्रेष्ठ, हास्यकलाकार नारायण त्रिपाठी र सोही चलचित्रका निर्देशक विश्व बस्नेतलाई पनि उनले पहिलो प्रयासमा एक पैसा पनि दिएका रहेनछन् ।


यस्तै 'जन्मभूमि' बाट परिचित बनेकी नायिका विपना थापा, 'यस्तै रहेछ जिन्दगी' बाट डेब्यू गरेकी अरूणिमा लम्साल, 'अजम्बरी नाता' बाट निर्देशक बनेका प्रदिप श्रेष्ठ, चलचित्र 'हिम्मत' मा  पहिलो पटक गीत गाउने अबसर पाएका गायक दिपक लिम्बु,  'हिफाजत' बाट नायकको अनुहार बनाएका आयुष रिजाल, सोही चलचत्रिबाट  क्यामेरा म्यानको परिचय बनाएका बिष्णु कल्पितलाई समेत उनले पहिलो अनुभवमा पैसा दिएका रहेनछन् ।

यस्तै पछिल्लो पटक श्रीमतीको नाममा  रेखा फिल्मस कम्पनी खोलेका छविले सो ब्यानरमा निर्माण भएको पाँचौ चलचित्र 'कसले चोर्‍यो मेरो मन'  बाट निर्देशकमा  डेब्यू गरेका  सबिर श्रेष्ठ, क्यामेरा म्यान संञ्जय लामा र नव नायक उत्सव बुढाथोकीलाई पनि पैसा नदिएको छवि बताउछन् ।

चलचित्र 'कसले चोर्‍यो मेरो मन'  छविको हाल सम्मकै मेघा प्रोजेक्ट अर्न्तगतको चलचित्र हो जुन आगामी असोज २९ गतेबाट देश ब्यापी प्रदर्शनमा आउदै छ ।