
निर्देशक राजु पराजुली र नायिका कल्पना शाहीबीच झगडा हुदाँ नायिका रेजिना उप्रेतीलाई फाईदा हुन गएको छ । बिहिबार बिहान शुभ मुहूर्त गरिएको चलचित्र 'प्रेम विवाह' मा मुख्य भूमिकामा अभिनय गर्न लागेकी नायिका कल्पना शाहीले बुधबार दिउँसो सम्म निर्देशक पराजुलीलाई कुनै प्रतिक्रिया नदिदा सो ठाँउमा रेजिना रिप्लेस भएकी हुन ।
यति सम्मकी शुभ मुहूर्तमा बाडिएको निमन्त्रणा कार्डमा कहीँ पनि रेजिनाको नाम उल्लेख थिएन त्यहाँ कल्पना शाही लगायतका कलकारको नाम छापिएको थियो । तर कल्पनाले आफु अरू कसैको फिल्ममा अनुबन्धित भईसकेकाले सो स्थानमा अरू कसैलाई लिन आग्रह गरेपछी हिजो बुधबार अपरान्ह साढे ३ बजेको समयमा निर्देशक पराजुललीले रेजिनालाई सो फिल्ममा साइन गराएका हुन ।
नायिका शाही र निर्देशक पराजुलीबीच गएको केही दिन यता निकै विवाद उत्पन्न भएको बुझिएको छ । विवादका बावजुत बिहिबार बिहान सो चलचित्रको शुभ मुहूर्त पनि गरियो र कल्पनाको ठाँउमा रेजिनाले शुभ मुहूर्त सट दिईन ।
आशुतोष फिल्मस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सो चलचत्रिमा रेजिनाका अलवा, नायक राजेश हमाल, सुवास मेचे, दिपशिखा शाही, रोहित कुमार लगायतले अभिनय गर्दैछन् । चलचित्रको छायाकंन आउदो साता देखि बिरगञ्जबाट सुरू हुदै छ ।