
केही समय यता गुप्तबासमा रहेकी नायिका मेलिना मानन्धर आमा बन्ने तरखरमा जुटेकी छिन् ।
डेढ बर्ष को प्रेम पछी २०६५ साल असोज १४ गते नायक मुकेश ढकालसंग विबाह बन्धनमा बाधिएकी नायिका मानन्धरले अबको तीन महिना भित्रमा सन्तान जन्माउने पक्का छ ।
अहिले उनको कोखमा सात महिनाको बच्चा खेलिरहेको छ । गर्भवती भएको कारण आजकाल उनी घरबाट बाहिर कहि जाँदिनन् । ३४ बर्षको उमेरमा पहिलो सन्तानकी आमा बन्न लागेकी नायिका मानन्धरको स्यहार सुसारमा नायक ढकाल निकै जुटेका छन् ।
गर्भवती श्रीमतीको स्वास्थ्य चेकअपका लागि नायक ढकाल चाबहिल स्थित ॐ अस्पताल जाने गरेका छन् भने सपिङ लगायतका अन्य काम समेत एक्लै गर्न थालेका छन् । ३० बर्षको उमेरमा बाबु बन्न लागेका मुकेशले फिल्मीखबरसंग कुरा गर्दै भने 'छोरा वा छोरी जे भएनि हुन्छ ।'
औला भाच्दै बाबु बन्ने दिन गनेर बसेका मुकेश जेनी कुबँरको चलचित्र हलचलबाट डेब्यू गरेका हुन भने नायिका मानन्धर प्रियसी चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन ।
यि दुईको पहिलो भेट एक बंगाली चलचित्र "मायर आँचल" को छायाँकनका बेला सिलगुडीमा भएको थियो र त्यहि बेला देखिनै यि दुई बिच प्रेमको बिजारोपण भएको थियो ।