
घामले हातको पाखुरा, गर्धन, ढाड, पिडुला पूर्ण रूपमा डढेपछी नायिका रेजिना उप्रेती तनाव ग्रस्त भएकी छिन् ।
२५ दिनको आउटडोर सुटिङ सकेर गएको शुक्रबार राजधानी फर्किएकी नायिका उप्रेती मन हुदा हुदै पनि सार्वजनिक कार्याक्रममा उपस्थित हुन सकेकी छैनन् । आफ्नो डढेको शरिर देखेर सवैले गिज्याउने भएकाले उनी त्यस्ता कार्याक्रममा उपस्थित हुन नसकेकी हुन । तर राजधानी फर्किएको एक हप्ता पछी बिहिबार एक शुभ मुहुर्त कार्याक्रममा उनी उपस्थित भईन तर हातका पाखुरालाई सलले ढाक्दै ।
'छ्या नखिच्नुस न फोटो, कस्तो डढेको छ' उनले भनिन् । भदौको चर्को घाममा 'चम्पा चमेली' को सुटिङमा धादिङ्गको त्रिशुली किनारमा २५ दिन बिताएकी उप्रेतीको छाला निकै डढेको छ । सबै भन्दा धेरै उनको पाखुरा डढेको छ ।
८० प्रतिशत छालामा परिवर्तन आएपछी आत्तिएकी रेजिना पुन १५ दिनका लागि चलचित्र 'प्रेम विवाह' को सुटिङ्गका लागि मध्य तराई बीरगञ्ज जादै छिन् । एक हप्तापछी त्यता जान लागेकी रेजिना भन्दै थिइन् 'अब त पुरै कालि हुन्छु होला ।'