मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तिहारमा 'वीरताको चिनो'

फिल्मीखबर, काठमाण्डौ, 2010/09/18

वर्ल्ड वाइड मुभी मेकर्स प़ालिको दोस्रो प्रस्तुती रहेको नेपाली चलचित्र 'वीरताको चिनो' को अहिले बेलायतका बिभिन्न शहरहरूमा प्रदर्शन भईरहेको छ ।
 

 

चलचित्र प्रदर्शनको क्रममा निर्देशक तथा निर्माता शंकर घिमिरे र नायिका ऋचा घिमिरे अहिले स्कटल्याण्ड पुगेका छन् । नेपाली चलचित्रको बजार बिस्तार गर्न केहि साता अगाडी बेलायत पुगेका यि घिमिरे दम्पतीले आफ्नो चलचित्र 'वीरताको चिनो' लाई तिहारमा नेपालमा प्रदर्शन गर्ने भएका छन् ।

 

 

स्कटल्याण्डबाट फिल्मीखबरसँग कुरा गर्दै निर्देशक घिमिरेले आफूहरू अबको केहि दिनमा नेपाल फर्कन लागेको बताए । उनले भने, 'नेपाल फर्कने बित्तिकै हामी 'वीरताको चिनो' को प्रचार प्रसारमा जुट्ने छौं र तिहारको बेला देशभर एकसाथ चलचित्र चलाउने छौं ।'

 

 

श्याम सुवेदी, श्याम कार्कीको लगानी रहेको सो चलचित्रमा बिराज भट्ट, सुमन सिंह ,ऋचा घिमिरे, धुर्ब दत्त ,शोभिता सिंखडा, कल्याण घिमिरे , रन्जना शर्मा , सुशील पोखरेल आदी कलाकारहरूले अभिनय गरेका छन् ।

 

सुरेश अधिकारीद्वारा संगीतबद्ध चलचित्र 'वीरताको चिनो' अनिश्चित भविष्य बोकेका चारजना विपरीत धर्मालम्बी युवा मित्रहरुको जीवनमा आधारित छ । चलचित्रमा देशको माया तथा राष्ट्रियता, धार्मिक सहिष्णुता, आपसी सौहार्दताको चित्रण गरिएको छ । चलचित्रले वर्तमान अवस्थाका तीता यथार्थको चित्रण गर्दै नेपाली समाजमा रहेका धेरै मुद्दालाई उठाएको छ ।