
महोत्सव भईरहेको अवस्थामा बर्ड फिल्म फियष्टालाई सेन्सरबोर्डले रोकेपछी आक्रोसित बनेको क्रिएटिभ इन्टरनेशनल प्रोडक्सन (किपा) ले सेन्सरबोर्डको हस्तक्षेपलाई वेवास्था गर्दै कार्याक्रम पुन सञ्चालन गर्ने निर्णय गरेको छ ।
अन्तराष्ट्रिय नियम अनुसार महोत्सवमा देखाईने चलचित्रहरूलाई सेन्सर विना प्रदर्शन गर्न पाउने अधिकार रहेकाले सोही नियमलाई आधार बनाउदै किपाले फियष्टलाई पुन सञ्चालन गर्ने निर्णय गरेको हो । फियष्टा आगामी असोज १० र ११ गते पुरानो बानेश्वर स्थित गुरूकुलको हलमा सञ्चालन हुने बताईएको छ ।
यस अघि गएको भदौ २१ गते देखि २४ गते सम्मको लागि तय गरिएको फियष्टालाई सेन्सरबोर्डले हस्तक्षेप गरी स्थगित गरिदिएको थियो । प्रतिष्पर्धा र गैर प्रतिष्पर्धा गरी जम्मा ४४ चलचित्र समावेश गरिएको फियष्टामा २० चलचित्र प्रदर्शन गरिसकिएको छ । बाकी २४ वटा चलचित्रलाई गुरूकुलमा १० र ११ गते पुन देखाईने आयोजकले जानकारी दिएको छ ।