मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

त्यो १० मिनेट दिपेन्द्रलाई १० घण्टा जस्तै

फिल्मीखबर, काठमाण्डौ, 2010/09/20

निर्देशक दिपेन्द्र के. खनाल सोमबार दिन भर हतारिरहेका थिए, आइतबार देखि कार्यक्रमको तयारी गरे पनि अन्तमा कार्यक्रम स्थल र समय नै परिवर्तन गरेका दिपेन्द्रले सोमबार बेलुकी झण्डै १० मिनेट निकै तनाव झेल्नु पर्‍र्यो ।



कारण ? उनको दोस्रो प्रजेक्ट अर्न्तगतको चलचित्र 'धर्मा' को अडियो बिमोचन समारोहको । कार्यक्रमलाई निकै सफल बनाउन अडियो बिमोचन समारोहमा आफै प्राविधिक बनेका दिपेन्द्रले प्रविधिबाट धोका पाँउदा निकै नर्भस हुनु पर्‍र्यो । कार्यक्रमकी प्रमुख आकर्षक तथा सोही चलचित्रकी मुख्य नायिका मनिषा कोइराला लगायत चलचित्रको टिमले एक साथ अडियो बिमोचन गरून्जेल सम्म दिपेन्द्र निकै खुशी थिए तर बिमोचन लगत्तै उपस्थित सहभागी र सञ्चारकर्मीका लागि देखाउन खोजिएको भिजुअलमा १० मिनेट सम्म साउण्ड नआउदा उनले केही बेर तनाव झेल्नु परेको थियो ।



पटक-पटक प्रोजेक्टरको सहायताले गीत देखाउन खोजिए पनि दिपेन्द्र असफल भइनै रहे, उपस्थित सहभागीले झण्डै ती दृश्यलाई १० मिनेट कुनै आवाज विना हेरेका थिए । प्राविधिक गडबडीका कारण आमन्त्रित सहभागीहरूलाई गीत देखाउन नपाएका दिपेन्द्र त्यो बेला झन् निकै टेनशन फुल भए, जब कार्यक्रमको बीचमै बत्ती झ्याप्प गयो । तर त्यो बत्ती एक मिनेटका लागि मात्र गएकाले उनी पुन कुल हुन पुगे ।



कमजोरी न त त्यहाँ दिपेन्द्रको थियो न त प्रविधिको । मात्र गल्ती थियो लोडसेडिङ्गको, लोडसेडिङ्ग भईरहेको अवस्थामा प्रोजेक्टर अन गर्दा ब्याकअपले नधानेर साउण्ड आएको रहेनछ । तर झयाप्प १ मिनेट बत्ती गएर पुन उज्याले हुदाँ प्रोजेक्टर पनि चल्यो र साउण्ड पनि राम्रो आयो । अनि एक-एक दिपेन्द्र खुशी भए ।



काठमाण्डौको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको पार्टी प्यालेसमा आयोजना गरिएको सो विमोचन समारोहमा चलचित्र 'धर्मा' को तीन वटा गीतका भिजुअल देखाइएको थियो । आश्मा फिल्मसको ब्यानमार निर्माता डा. दुर्गा पोखरेलले निर्माण गरेको सो चलचित्रमा जम्मा ३ वटा गीत रहेका छन् । ती सबै गीतमा हरि लम्सालले संगीत भरेका हुन ।



नायक राजेश हमाल, निखिल उप्रेती, मनिषा कोइराला, अनु शाह लगायतको अभिनय रहेको सो चलचित्र आगामी कात्तिक महिनामा प्रदर्शनमा आउँदै छ । यहि चलचित्र मार्फत २० बर्षपछि नेपाली रजतपटमा पुन फर्किएकी नायिका मनिषा कोइरालाको अभिनयलाई अधिकाशं चलचित्रकर्मीले निकै चासोका साथ हेरेका छन् ।