मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वीटीले फिल्म नखेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2010/09/21

हुनत  उनले धेरै चलचित्रमा अभिनय गरेकी छैनन् । अभिनयको लागि उनको डिमाण्ड पनि नघटेको हैन । तर उनी पर्दामा देखिन छाडेको लामो समय भईसक्यो ।



१० बर्षअघि सुभाष गजुरेलको चलचित्र 'बसाई' बाट नायिका भएकी रञ्जु लामिछाने (स्वीटी ) आफ्नो अभिनयलाई साईड लगाउदै अरूलाई अभिनय गराउने तरखरमा जुटेकी छिन् ।



हास्य टेलिचलचित्र तितो सत्यमा स्वीटीको भूमिकामा देखिएपछी निकै चर्चा कमाएकी लामिछाने  बिग प्रोजेक्टको चलचित्र  निर्देशन गर्ने तयारीमा जुटेकी छिन् । रञ्जु अब चाडैनै निर्देशक बन्दै छिन् ।   काठमाण्डौको कपन स्थित नयाँ फ्ल्याटमा बहिनीसंग बस्दै आएकी  रञ्जुको हातमा तयार भएको स्क्रिप्ट छ ।  दिन रात उनी  सो स्क्रिप्टको अध्ययनमा ब्यस्त छिन् ।


घरमै अफिस खोलेकी नायिका लामिछानेले भनिन् 'अब फिल्म खेल्दिन बरू बनाउछु मात्रै ।'  फिल्मको नाम भने तय भईनसकेको सो चलचित्रको निर्माता उनका पिता गोपाल लामिछाने हुन । 'मेरो फिल्म एक बर्षभित्रै दर्शकले हेर्न पाउछन् ।'  आफ्नो प्रजेक्ट तर्फ औलाउदै  उनले भनिन् ।



किन निर्देशक हुने सोच आयो भन्ने फिल्मीखबरको प्रश्नमा उनले भनिन् 'म कलाकार भएर अभिनय गर्दा देखिनै निर्देशन पक्षलाई ध्यान दिन्थे र एक दिन डाइरेक्टर हुन्छु जस्तो लागेको थियो र आज त्यसको  तयारीमा छु ।' 



उमेरले मात्र २७ बर्षकी स्वीटीलाई निर्देशक हुन हत्तार गर्नु भएको हो भन्ने अर्को  प्रश्नमा उनले जवाफ दिईन 'यो नै राईट टाइम हो ।' 




त्रिकोणात्मक प्रेम कथामा अधारित रहने  उनको  प्रोजेक्टको लागि मुख्य कलाकार र   लोकेशन समेत तय भईसकेको छ । चलचित्रमा नायिका केकी अधिकारी, मुकेश ढकाल र न्यू  इन्ट्री गर्दै  सुरेन्द्र देयाली मुख्य भूमिकामा देखिदैछन् । सुरेन्द्रले कोही मेरो, देश, माया त माया हो लगायतका केही चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेका छन् ।


सहायक निर्देशकलाई किन नायक बनाउन लाग्नु भएको हो भन्ने फिल्मीखबरको अर्को प्रश्नमा  उनले उत्तर दिईन् ,'उनीमा निर्देशकको साथै अभिनय गर्ने क्षमता मैले देखे अनि प्रस्ताव गरे ।' 



झण्डै १०  वटा टेलिचलचित्रमा  अभिनय गरेकी  लामिछानेले   ७ वटा चलचित्रमा नायिका भएर काम गरिसकेकी छिन् । अभिनयमा त उनलाई दर्शकले रूचाएका थिए अब निर्देशकमा रूचाउने हुन वा  हैनन् त्यो भने चासोको बिषय बन्न सक्छ ।