
यिनलाई चिन्ने जति अधिकाशंले रेनाशा भनेर बोलाउने गर्छन् । हरेक पत्रपत्रिकामा र मिडियाले पनि यिनलाई रेनाशा भनेर चिनाउने गरेको छ । तर मिडियाले चिनाएको सो नाम प्रति अपत्ती जनाएकी छिन् कोरियाग्राफर रिनशा राईले ।
झण्डै उस्तै-उस्तै लाग्ने त्यो नाम लाई मिडियाले सही उच्चारण नगरिदिदा दिमाग खराब भएको छ यिनको । २४ बर्षको उमेरमा दोस्रो चलचित्र धर्मामा मा कोरयोग्राफी गरेकी यि नृत्य निर्देशकले आफ्नो नाम बोलाउने हरेक ब्यक्तिलाई सहि उच्चारण गरिदिन आग्रह गर्ने गर्छिन ।
यस्तै हिजो सोमबार चलचित्र 'धर्मा'को अडियो विमोचन समारोहमा रेडियो कान्तिपुरका आर जे हेम सुवेदीले उनलाई के छ रेनाशा ? भनेर बोलाउदा उनले आपत्ती जनाएकी थिइन् । उनको आपत्ती पछी सुवेदीले त्यो नामलाई पुन सच्याउदै रिनशा भनेका थिए ।
मनिषा कोइरालले अभिनय गरेको चलचित्र 'धर्मा'मा रिनशाले नृत्य निर्देशन गरेकी छिन् । विभिन्न म्यूजिक भिडियो र हाल सम्म जम्मा ४ वटा चलचित्रमा कोरियोग्राफी गरिसकेकी रिनशाको त्यो झुक्किने नामनै चेन्ज गर्नु पर्ने बेला भएको हो कि ?