मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भागेर काठमाण्डौ फर्कदैछिन् रेखा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/21

झण्डै २० दिन अघि दुई  चलचित्रको सुटिङ्गका लागि पोखरा गएकी नायिका रेखा थापा भागेर काठमाण्डौ फर्कने तयारी गरिरहेकी  छिन् ।

आफ्नो पाँचौ प्रोजेक्ट को चलचित्र 'कसले चोर्‍यो मेरो मन' रिलिजको तयारीमा जुटेको अबस्थामा  उनले विभिन्न मिडियालाई अन्तवार्ता दिनु पर्ने भएकाले सुटिङ युनिटको स्वीकृति बेगर  उनी काठमाण्डौ  फर्किन लागेकी हुन । 'कसले चोर्‍यो मेरो मन'   यहिँ असोज २९ गते देखि देश भर प्रदर्शनमा आउदै छ  । त्यो फिल्ममा रेखाले राजकुमारीको भूमिकामा आफुलाई प्रस्तुत गरेकी छिन् ।

दुई  चलचित्र  मध्ये खुशीको सुटिङ्ग आईतबार प्याकअप  भएपछी उनी  अहिले जलजलाको सुटिङ्गमा ब्यस्त छिन् । पोखराको जंगलमा बन्दुक पडकाउदै सुटिङ्गमा ब्यस्त रहेकी नायिका थापालाई काठमाण्डौ फर्किन निकै हतार भएको छ । फोनमा आफ्नो रहस्य खोल्दै  उनले भनिन्   'म भागेर आउदैछु'

 यस्तै सुटिङबाट भागेर राजधानी फर्किन लागेकी रेखाले काठमाण्डौ आएपछी मालतीको भट्टीमा राति-राति  रक्सी बेच्ने कार्याक्रम पनि छ । त्यो रक्सी बेचाई बास्तविक नभएर चलचित्र 'मालतीको भट्टी' मा उनले निर्वाह गर्नु पर्ने भूमिका हो ।

यस्तै शिवजी लामिछानेले निर्देशन गरेको चलचित्र 'जलजला'मा रेखाले छापामार युवतीको भूमिका निर्वाह गरेकी छिन् । सुटिङ भईरहेको अवस्थामा भागेर काठमाण्डौ आउन लागेकी रेखा केही दिनको काठमाण्डौ बसाई पछि पुन पोखरा फर्कने छिन् ।