मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'अंगालो यो मायाको' पोष्टर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2010/09/21

नेपाली सामाजिक कथा बस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र 'अंगालो  यो मायाको'  पोष्टर (फष्ट लुप)  सार्वजनिक गरिएको छ ।



सेप्टेम्बर पहिलो साता रिलिज गरिने तयारी भैरहेको सो चलचित्रको सम्पादन अन्तिम चरणमा पुगेको छ र छिट्टै नै यो चलचित्रको डबिङ कार्य शुरू हुँदैछ । सो चलचित्रको अहिले राजधानीमा बिपिन मल्लले सम्पादन गरिरहेको  चलचित्रका बजार व्यवस्थापक सुरेश लामाले फिल्मीखबरलाई जानकारी दिए ।

 


सिनाई कमिर्सियल प्रेजेन्ट्सको ब्यायानरमा निर्माता किशोर राई दुङमालीले  निर्माण गर्न लागेको सो चलचित्रको मुख्य भूमिकामा  नेपाली भाषी इन्डियन आईडियल प्रशान्त तामाङ्ग र मोडल हर्शिका श्रेष्ठ रहेका छन् । यि दुई सहित स्वागतिका थामी, महेन्द्र गुरूङ, चुन्निलाल घिमिरे, प्रेम सुब्बा, पन्नु गजमेर, विजयता बराइली आदिले अभिनय गरेका छन् ।
 



लामो समय पछी निर्देशक विनोद सेरेङले यो चलचित्र निर्देशन गर्न लागेका हुन । यस अघि 'बगर' चलचित्र निर्देशन गरेका सेरेङले यो चलचित्रले नेपाली समाजमा राम्रो प्रभाव पार्ने विश्वास ब्यक्त गरेका छन् । युवा पुस्तालाई लक्षित गरेर निर्माण गर्न लागिएको सो चलचित्रमा इशाक क्षेत्रीको संगीत, रत्न देउजाको द्धन्द्ध, युवराज राईको छायाकंन र गोविन्द राईको नृत्य रहेको छ ।