मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भैंसेपाटीमा जीवनको रामधुलाई

फिल्मीखबर, ललितपुर, 2010/09/22

बुधबार अपरान्ह २ बजे ललितपुरको भैसेपाटी स्थित टाउन प्लानिङमा रहेको नेपाल टेलिकम नजिकै ल्याण्डक्रुजर गाडीबाट ओर्लिएका नायक जीवन लुइटेललाई करिब आधा दर्जनको संख्यामा आएका गुण्डाहरूले एक्कासी हात पात गर्न खोजे । लुइटेललाई एक्कासी गुण्डाहरूले आक्रमण गर्दा उनी एक छिन् आत्तिए पनि तर आई लाग्ने माथि जाई लाग्नु पर्छ भन्ने नेपाली उखानलाई अकस्मात सम्झीएर होला लुइटेलले आफ्नो नायकीपन देखाउन सुरू गरे ।



ललितपुर स्थित भैंसेपाटी टाउनप्लानिङ एक गल्लीमा ठूलो आवाजले दिउँसै गुण्डागर्दी भईराख्दा पनि कोही थिएनन् उनलाई बचाउने । नत कुनै प्रहरी आयो त्यहाँ न कोही बचाउने मानिसनै ।  तर जीवनको शरिरमा एक्कासी एक प्रकारको शक्ति आयो र उनले पटापट ती गुण्डाहरूलाई पर्छार्न थाले ।



केहि छिन त उनले ति आधा दर्जन भुस्तिघ्रेहरूलाई तह लगाउने प्रयास गरे तर उनको प्रयास सफल हुन सकेन । एक्लो भएर होला जीवन धेरै बेर लड्न सकेनन ती आवाराहरूसंग ।  नायकिपन देखाउन नसकेका जीवनको टाउको माथि अकस्मात फलामको पाईप बज्रिन पुग्यो र उनी ढल्न पुगे ।



प्रस्तुत सबै घटना चलचित्र 'मालतीको भट्टी' को हो । जहाँ नायक जीवन लुइटेल प्रमुख भूमिकामा देखिदैछन् । काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुति रहेको सो चलचित्रको सुटिङ  गएको भाद्र २८ गते देखि सुरू गरिएको हो । चलचित्रका ४ फाइट सिन मध्ये एक सिन बुधबार भैसेपाटी टाउन प्लानिङमा छायाकंन गरिएको हो ।



प्रदिप उदयको प्रस्तुती रहेको सो चलचित्रमा नारायण कुमार पाण्डे, गंगा पौडेल र गोपाल पाण्डे निर्माता रहेका छन् । गणेश देव पाण्डेले निर्देशन गरिरहेको सो चलचित्रमा नायिका रेखा थापा भट्टीबाली मालतीको भूमिकामा देखिदैछिन भने नायिका नन्दिता केसी सती सावित्रीको भूमिका जीवनको श्रीमती भएर अभिनय गर्दैछिन् । यि कलाकारको साथमा आयुब केसी, सुनिल थापा र लक्ष्मी गिरीको पनि मुख्य भुमिका रहने छ । चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध रहेको छ ।